Logo

तीनसय कुकुरलाई रेविजविरुद्धको ‘भ्याक्सिन’



काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविजविरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।

नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। “छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ,” उनले भने । एक कुकुरको बन्ध्याकरणका लागि रु छ हजार लाग्ने गरेको छ ।

चालू आर्थिक वर्षमा ३५० पोथी कुकुरको बन्ध्याकरण गरिने कार्कीले बताए । नगरपालिकाभित्रका छाडा पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माणसमेत गरिने भएको छ । कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले रु ७५ लाख बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि रु पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ । यस्तै बेलाबेलामा बधशाला र मासु पसलसमेतको अनुगमन गरेको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । नगरपालिकाले ११ क्वीन्टल हिउँदे घाँसको बीउ किसानलाई वितरण गर्नुका साथै वर्ड फ्लुसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्