Logo

विजय प्रकाश मिश्रलाई पक्राउ गर्न प्रक्रिया बढाइँदै



काठमाडौं, ११ फागुन । गोकुल बाँस्कोटालाई सञ्चारमन्त्रीबाट राजीनामा दिन वाध्य पार्ने कमिशनसम्बन्धी अडियो रेकर्ड सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्ने प्रक्रिया बढाइने भएको छ । उनीमाथि व्यक्तिगत गोपनीयतासम्बन्धी अभियोगमा कारबाही प्रक्रिया बढाइने भएको हो ।

मिश्रले अडियो टेप बाहिर ल्याएको खुलाइसकेका छन् । दुई व्यक्तिबीचको गोप्य कुराकानी लिक गरेकाले उनीमाथि मुद्दा लाग्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले मिश्रमाथि कारबाही हुनुपर्नेमा जोड दिएका छन् । गोप्य कुराकानी लिक गरेकाले उनीमािथ कारबाही हुनुपर्नेमा उनको जोड छ । ऋषि धमलासँग एनआरएन रेडियोमा कुराकानी गर्दै थापाले कारबाहीमा जोड दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्