Logo

विल्डरलाई ढालेर टाइसन बने विश्व हेभिवेट बक्सिङ च्याम्पियन (भिडियोसहित)



एजेन्सी, ११ फागुन । टाइसन फुरीले अन्तत डिओन्टे विल्डरलाई पराजित गरी विश्व हेभिवेट बक्सिङ च्याम्पियनको उपाधि जितेका छन् । यसअघि दुवैबीच भएको भिडन्त बराबरीमा टुंगिएकोमा शनिबार साँझ लास भेगासमा भएको खेलमा टाइसनले विल्डरलाई पटक पटक ढालेपछि सातौं राउण्डमा विजयी घोषित भएका थिए ।

१४ महिनाअघि दुवैबीचको भिडन्त बराबरीमा टुंगिएपछि यसपटकको भिडन्त निकै महङ्गो भएको थियो । दुवैले आफ्ना प्रतिद्धन्द्धीलाई नकआउट गर्ने दाबी गरेका थिए । तर, तेस्रो र पाचौं राउण्डमा टाइसनको कडा प्रहारबाट विल्डर ढलेका थिए । सातौं राउण्डमा रेफ्रीले खेल रोकेर टाइसनलाई विजेता घोषित गरे ।

टाइसनको एकपछि अर्को कडा प्रहारबाट विल्डर घाइते भइसकेका थिए । त्यसपछि उनको प्रशिक्षकसहितको टोलीले टावेल फालेर खेल रोक्न भनेपछि रेफ्रीले खेल रोकेका थिए । ४४ भिडन्त गरेका विल्डरले खेल जीवनकै पहिलो हार व्यहोरेका छन् । उनले यसअघि टाइसन फुरीसँगको एक खेल बराबरी खेलेका थिए ।

https://www.youtube.com/watch?v=QOEzNKqeyvc

Photo Source: CNN



प्रतिक्रिया दिनुहोस्