Logo

फिल्म “ख्लासी अनिउ”को पहिलो गीत “डिहिरी छार्वा” सार्वजनिक (भिडियोसहित)



काठमाडौँ, ११ फागुन । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो । तामाङ समूदायको सामान्य जीवनमा आधारित उक्त चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।

कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’ गुणस्तरीय नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण नेपाली चलचित्रहरुले राम्रो प्रदर्शन नगरेको उनको भनाई थियो ।

दर्शकको इच्छा र आकांक्षालाई ध्यान दिएर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’

त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न राज्य गम्भीर हुनुपर्छ ।’–उनले भने । 

त्यसैगरी कार्यक्रममा चलचित्रका खलनायक बाबुराम ग्याबाले तामाङ समुदायको अवस्थालाई यस चलचित्रमार्फत दर्शाइएको छ । उनले भने,‘ यो मेरो पहिलो फिल्म हो ।’ चलचित्र दर्शक माँझ निकै लोकप्रिय हुने आशा समेत उनले राखेका छन् । कलाकारको विकृति र बिसंगतिलाई हटाउने प्रयास यस चलचित्रमार्फत गरिएको उनले बताए । फागुन १७ रिलिज हुन लागेको यस चलचित्रलाई माया गरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रममा चलचित्र निर्माता विनय दोङ तामाङले आदिवासी, जनजातीलाई समेटेर चलचित्र निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् । उनले सो चलचित्रका निर्माता अरुण घिसिङलाई समुदायिक चलचित्र निर्माण गरेकोमा धन्यावाद ज्ञापन गरे । ‘भव्य तरिकाले चलचित्र प्रदर्शन होस् भन्ने मेरो शुभकामना छ ।’–उनले भने । उक्त चलचित्रको कार्यकारी निर्माता भने ईन्दिरा वाईबा हुन् ।

        ‘ख्लासी अनिउ’ चलचित्रका सम्पूर्ण यूनिटद्वारा जारी गरिएको प्रेस विज्ञप्ति (पूर्णपाठसहित)
एउटा ग्रामिण भेगका कथा भएतापनि यस फिल्मभित्र विशेषता अहिलेका आधुनिक परिवेशलाई मध्य नजर बनाईएको फिल्म हो । समाजमा घटिआएका घट्ना र वाीतबिक जीवनमा परि आएका कथालाई टपक्क टिप्दै यस “ख्लासी आनिउ” फिल्मको पर्दामा उतार्ने काम गरिएको छ । जस्तै एउटा उदाहरण, एउटा व्यीक्तले खाईनखाई आफ्नो पेट र परिवारको पेटलाई भोकै राखी समाजका दिनदुःखी र असाहायहरुलाई सहयोग र दान गर्छ । सामाजिक कार्यमा मरिहत्ते गर्छन्, सर्वस्व सुम्पिन्छन् । अन्त्यमा सारा सम्पत्ती सकिँदै गएपछि घरपरिवार र समाजले हेर्ने दृष्टीकोण कस्ता हुन्छ त ? सम्पत्ती सकिँदै गएपछि कसैले साथ दिदैँन भन्ने एउटा सन्देश छ ।

‘सम्पत्तिमा सबैको हाईहाई, बिपत्तीमा कोही छैन् दाजुभाई’ भन्ने उखान प्रयोग भएको छ । त्यतिमात्र नभएर दाजु बहिनीबीचको प्रगाढ माया, प्रेमी प्रेमीकाबीचको मिलन बिछोडलाई पनि यस फिल्म “ख्लासी आनिउ” मा देख्न सकिन्छ । एउटा कलाकारले कलाकार बन्नका लागि कतिसम्म संघर्ष गर्नुपर्छ, कलाकारहरुको भित्री कथाजस्तै जसरी बाहिरी रुपमा वाहवाह र स्याबासी कमाउँछन् । तर, भित्री रुपमा आफ्नो पीडा र समस्या कसैले देख्दैन् । कलाकार ऐना हो तर, कलाकारभित्रको धमिलो पानी कसैले सङल्याउन सक्दैन भन्ने प्रमुख उद्देश्यपनि फिल्म “ख्लासी आनिउ”काृ प्रमुख पाटो हो । दुःख, रोमान्स, पीडा र मनोरञ्जनले भरिभराउ रहेको यस “ख्लासी आनिउ” फिल्म यही फल्गुन १७ गते शनिबारको दिन बिहान ११ बजेदेखि राष्ट्रिय नाँचघर जमलमा प्रदर्शन हुने समय निर्माण पक्षले तोकेको छ ।

सुटिङ भएका स्थलहरु:
सिन्धुली बजार आसमास
खुर्कोट
सिन्धुली गढी
नेपाल थोक
सैलुङ र
काठमाडौँ आदि

फिल्मकर्मीहरु
निर्माता तथा निर्देशक :अरुण घिसिङ

कार्यकारी निर्माताः ईन्दिरा वाईबा
कथा, पटकथा, सम्वाद : ऋतुराज पाख्रिन
नृत्य : अजय स्याङतान
द्वन्द्व : राजु दोङ तामाङ

सम्पादन छायाङकन : विक्रम मोक्तान
गितको बोल
एला साथ
डिहिरी छार्वा
बेसाहारा गोङमा

गितकारहरु
एला साथ : ऋतुराज पाख्रिन
डिहिरी छार्वा : जिवन वोम्जन
बेसाहारा गोङमा : जिवन वोम्जन
संगितकार ” अमृत लामा
पार्शव संगित : कारसाङ दोङ तामाङ
मिक्सिङ : रदिप श्रेष्ठ

गायक/गायिका
अमृत लामा
बबिता पाख्रिन
अन्जु थोकर
कलाकारहरु : ऋतुराज पाख्रिन, इन्दिर िवाईवा, सुष्मा मोत्तान, निश्चल याञ्जन, राज लामा पाख्रिन, प्रकाश वाईवा, कुईसाङ रुम्वा, वाबुराम क्ष्याबा, राजु नेगी आदी ।



प्रतिक्रिया दिनुहोस्