Logo

गोकुल बाँस्कोटाको अडियो रामहरि खतिवडामार्फत सार्वजनिक भएको खुलासा



काठमाडौं, ११ फागुन । ७० करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि गोकुल प्रसाद बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिए । अहिले सोही प्रकरणले देशभरि राजनीति तरंगित बनेको छ । उक्त अडियो सार्वजनिक गरेका कारण विजय प्रकाश मिश्र अहिले मिडियाको खोजीमा छन् ।

सबैभन्दा पहिले उक्त अडियो हाम्राकुरा डटकममार्फत सार्वजनिक भएको थियो । उक्त अनलाईनका संस्थापक प्रधान सम्पादक अजयबाबु शिवाकोटीको बाईलाईनमा बाँस्कोटा र मिश्रबीचको दुई मिनेट ३० सेकेण्डको अडियोलाई शब्दमा (कुराकानी) मा उतारिएको थियो ।

हुन त मिश्रले आफूले विभिन्न मिडियाका साथी र नेताहरुलाई उक्त अडियो उपलब्ध गराएको दाबी गरेका छन् । तर, हाम्राकुरामा कसरी पुग्यो ? भनेर खोज्दा यसको पछाडि कांग्रेस नेता तथा पूर्व सांसद रामहरि खतिवडाको नाम पनि जोडिन्छ । सुरुमा, मिश्र खतिवडाको सम्पर्कमा पुगेका थिए ।

उनले बाँस्कोटाले कमिशन डिल गरेको अडियो खतिवडालाई सुनाएका थिए । खतिवडाले पनि एक अनलाईन न्यूज पोर्टल सञ्चालन गरेको भन्ने सूचनाका आधारमा मिश्र उनको सम्पर्कमा पुगेका थिए । खतिवडाले अडियो पाउनेबित्तिकै पत्रकार शिवाकोटीलाई सम्पर्क गरेर दिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्