Logo

किन बस्छ आखाँको मुनि कालो घेरा (हटाउने उपायसहित)



अनुहारको वास्तविक सौन्दर्य आँखाको साथमा हुन्छ । केटा होस् या केटी सबैजना जवान, ताजा र आकर्षक देखिन चाहन्छन् । आजकलका मानिसको व्यस्त जीवनमा हने समस्या भनेको नै अनुहार नै हो ।
अनुहारमा कालो दाग, पिम्पल्स वा कालो घेरा आँखामा बस्दा हाम्रो अनुहार खराब देखिन्छ । यस्तो दागहरुलाई लुकाउन मेकअपको प्रयोग गरे पनि दागहरु लूक्न सक्दैनन् । यी अनुहारका समस्याहरु हरेक महिलाहरुको लागि ठुलो समस्या भएको छ ।

कालो घेरा किन बस्छ
वर्तमान समयमा बयस्क देखि बच्चाहरुसम्म आफ्नो दैनिक तालिकामा तर्फ ध्यान दिन सकेका छैनन् । उचित जीवन र उचित खानाको अभावका कारण हाम्रो शरीरले आवश्यक पोषण प्राप्त गर्न सक्दैन । यसबाहेक निन्द्रा पर्याप्त उपलब्ध हुँदैन । जसका कारण महिलाले यस्तो कालो सर्कलको सामना गर्नुपर्दछ ।

  • कालो घेरा बस्ने मुख्य कारण
  • तनाब
  • उमेरको प्रभाव
  • कम्प्युटर वा मोवाईलको प्रयोग
  • वंशाणु
  • खानाको अभाव
  • पर्यात निन्द्रा अभाव
  • थकान
  • फलामको अभाव
  • अधिक रक्सि सेवन
  • धुम्रपान
  • हर्मोन असन्तुलन
  • गर्भावस्था
    यदि हामीले नियमित रुपमा आफ्नो अनुहारको उचित ध्यान दियौ भने त्यस्ता कालो सर्कलहरुबाट जोगिन पनि सकिन्छ ।

हटाउने उपाय
१.बदामको तेलः आँखाको कमजोर छालाको लागि बदामको तेल उत्तम हुन्छ । यसमा भिटामिन ‘ई’ हुन्छ, जसले आँखाको कालो सर्कल कम गर्न मद्दत गर्दछ । राती सुत्नुअघि यसको प्रयोग गर्नुपर्दछ । बिहान सफा पानीले अनुहार धुनुहोस् ।
२. नरिवलको तेलः नरिवल तेल कमजोर छालाको लागि राम्रो मोइश्चाइजर हो । राती सुत्नुअघि नरिवलको तेल हातमा लिएर आँखामुनि हलका रुपमा कम्तीमा एक हप्तासम्म मालिस गर्दा यसको प्रभाव आफै देखिनेछ ।
३. टमाटरः आँखा मुनिको कालो घेरा हटाउनको लागि टमाटर सबैभन्दा प्रभावकारी तरीका हो । यसले छालालाई नरम र ताजा बनाउनुको साथै प्राकृतिक रुपमा कालो घेरा हटाउँछ ।
४. कागतीको प्रयोग ः कागतीमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा हुन्छ । नियमित रुपमा कागतीको ताजा जुस निकालेर कपासको सहायताले आँखामुनि राखेर १० मिनेट पछि सफा पानीले अनुहार धुनाले कालो सर्कल समाप्त हुदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्