Logo

आँखालाई कसरी स्वस्थ्य राख्ने



समस्या आइसकेको आँखालाई शल्यक्रिया बिना आँखाको दृष्टिलाई पुर्णरुपमा सुधार गर्नसकिदैन । यद्यपि, आँखालाई स्वस्थ्य राख्ने विभिन्न तरिकाहरु छन् । दैनिक आँखाको व्यायाम गर्दा आँखाको मांशपेशीहरु बलियो बनाउन मद्दत गर्छ । स्वस्थ्य खाना र भिटामिन र खनिजहरुको राम्रो स्रोतहरु लिन पनि हाम्रो दृष्टिकोणको लागि लाभदायक हुन्छन् । हाम्रो जीवनशैलीमा त्यस्ता समायोजनहरु गर्दा दुवै आँखा र हाम्रो दृष्टि स्वस्थ रहन्छ ।

आँखा झिम्क्याइरहने ः
आँखाको तनाब कम गर्न यसले मद्दत गर्छ । प्रत्येक २ मिनेटमा आँखालाई आराम दिनुहोस् । ३०÷३० सेकेन्डमा आँखा झिम्क्याउनुहोस् । आँखा झिम्क्याउने बानी पार्नका लागि यो प्रक्रियालाई पटक पटक दोहो¥याउनुहोस् ।

२० सेकेन्ड ब्रेक लिनुहोस् ः
विशेष गरी कम्प्युटर वा टिभी स्क्रिनमा बस्नेहरुमा आँखा धेरै तनाबग्रस्त हून्छ । यस्तो समयमा आँखा बन्द गरेर पुर्ण रुपमा ध्यान दिनुहोस् । कम्प्युटरको अगाडी बस्दा २०÷२० मिनेटमा अभ्यास गर्नुहोस् । प्रत्येक २० मिनेट को अन्तरमा २० सेकेन्ड ब्रेक लिनुहोस् । सकेसम्म कम्प्युटर टाढा राख्नाले आँखालाई सहज हुन्छ ।यो तरिका अपनाउदा धेरै तनाव कम हुन्छ ।

भिटामिन ‘ए’ को लागि पत्ता भएको तरकारी खाने ः
ताजा हरियो पातदार भिटामिन ए भएका तरकारीहरुहरुको सेवनले एन्टिआक्सिडेन्ट पाउने हुनाले आँखाको स्वास्थ्यलाई राम्रो गर्छ । आँखाको सुधारको लागि पालक, ब्रोकाउली र कलर्ड हरीया तरकारीहरु हप्तामा ३÷४ पटकसम्म खानुपर्छ । भिटामिन ‘ए’ ले मोतियाबिन्दु र मेहुलर डिजेरेसन कम गर्न मद्दत गर्न सक्छ ।

सिट्रस फ र भिटामिन सी का अन्य स्रोतहरु पनि लिनुहोस् ः
भिटामिन ‘सी’ ले मोतियाबिन्दु हुने सम्भावनालाई कम गर्न मद्दत पु¥याउँछ र यसले आँखाको रक्तश्राव सुधार गर्छ । सून्तला, अंगुर, टमाटर वा स्याउ जस्ता फलहरु आहारमा समावेश गर्नूपर्दछ ।दैनिक भिटामिन ‘सी’ ७५–९० मिलीग्राम लिनका लागि लक्ष्य बनाउनुहोस् ।

आँखा सुख्खा हुनबाट जोगाउन फ्याटी एसिड र भिटामिन ‘डी’ भएका खाना खाना खानुहोस् ः
ओमेगा ३ फ्याटी एसिडमा साथै भिटामिन ‘डी’ ले म्याकुलर डिजेसनरेसनसँग लड्न मद्दत गर्दछ, जसले पछि जीवनमा आँखाको प्रकाश कम गर्न सक्छ । ओखर, साल्मन माछा, आलस, चिया बिऊ आदिमा ओमेगा फ्याटी एसिड पाइन्छ ।

मोतियाबिन्दु जोखिम कम गर्न के खानेः
डार्क चकलेट, हरियो चिया, स्याउ र रातो वाइन, बेरी जस्ता खानाहरुले एन्टीआक्सीडेन्ट हुन्छ, जसले म्याकुलर डिजसनरेशन रोक्न सक्छ । स्वस्थ्य रहनकने लागि हरेक हप्तामा कम्तिमा २ पटक एन्टीआक्सीडेन्ट युक्त खानेकुरा खानुपर्छ ।

आँखाको स्वास्थ्य सुधारको लागि लुटेन सप्लिमेन्ट लिनुहोस् ः
लुटेन एक एन्टिआक्सीडेन्ट हो जसले आँखालाई बचाउँछ, र गिरावटलाई कम गर्छ ।अण्डको जर्दी, मकै, क्याप्सिकम, जुचिनी, किवी र पालकबाट ल्युटिन लिन सकिन्छ ।
सुधारात्मक लेन्स प्रयोग नगरीकन तपाईको दृष्टि सुधार गर्ने कु्नै अन्य मार्ग छैन, तर आँखाको अभ्यास र तपाईको जीवनशैली परिर्वतन गर्दा तपाईको आँखालाई अझ स्वस्थ्य राख्न मद्दत गर्छ । यदि तपाईलाई हेर्नमा समस्या छ भने नेप्टोलोगोलजिस्टमा तपाईको अवस्था जाँच गराउनुहोस् ।



प्रतिक्रिया दिनुहोस्