Logo

पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि



पायल्स सम्बन्धि उपचारमा ठूलो समस्या भनेको नै डाक्टरसँग कुरा गर्न लाज मान्नु र लुकाउन हिचकिचाउँनु नै हो । यो रोग प्रायः भेषमा बढ्छ र संक्रमणको जोखिम बढाउँदछ । पायल्स एक दर्दनाक रोग हो । भित्री पाइपहरुमा दुखाई भई यो रोगले असहज पनि बनाउँदछ । यसमा सुन्निनुको साथै धेरै पिडा हुने गर्छ । एक अध्ययन अनुसार ५० प्रतिशत मानिसहरुलाई ५० वर्ष पुगेपछि यो समस्या हुने गर्छ ।

शुरुमा दुखाई र जलनको अनुभुति हुन्छ, तर समस्या बढ्दै गएमा गुदाबाट रगत आउन थाल्छ । पायल्समा गुदा वा मलाशयका क्षेत्रको रक्तनलीहरु ठुला हुन्छन् । जसको कारण दुखाईसँगै पोल्ने गर्छ । पायल्स हुनुका धेरै कारणहरु हुन सक्छन् । कहिलेकाँही कब्जियत, कम पाचन, धेरै भारी उठाउँदा, ग्याँस समस्या, तनाब, मोटोपना र गुदा सेक्सको कारणले हुन्छ ।

पायल्स पीडा सबैको लागी एकै हुदैन, व्यक्ति पिच्छे फरक फरक पनि हुन सक्छ । दुखाई, चिलाउने, सुन्निने, पोल्ने र संक्रमण नै सामान्य लक्षण हुन् । यसको उपचार सम्भव हुदाँहुदै पनि मानिसहरु हिचकिचाउँने उपचारलाई वेवस्था गर्ने भएकोले रोग छिप्पदै गएकोले झन् विकराल हुदै जान्छ ।

तपाईको भान्साकोठाको भएको चिजले एप्पल साइडर भोइनगरको सहयोगमा २४ घण्टामा पायल्सको उपचार गर्न प्रयोग गर्न सक्नुहुनेछ । एप्पल साइडर भेनेगरले संक्रमण बढाउन दिदैन, यसको प्रयोगको कारणले गर्दा मलमशय क्षेत्रमा संक्रमण बढ्र्दैन र यसले दुखाई कम गर्न पनि मद्दत गर्दछ ।यसले बढष््दो उत्तेजनालाई पनि राहत प्रदान गर्छ । सुन्निन कम गरी आराम दिन्छ । यसमा घ्यु कुमारी पनि थप्न सकिन्छ ।

प्रयोग विधि
१. सफा कचौरामा दुई चम्चा एप्पल साइडर लिनुहोस् ।
२.यसमा कपास ऊनको सफा टुक्रा डुबाउनुहोस् ।
३.कपासलाई प्रभावित क्षेत्रमा लागु गर्नुहोस् ।
४.तबसम्म यो प्रक्रिया गनुृहोस् जहिलेसम्म तपाई राहत महसुस गर्नहुन्न ।



प्रतिक्रिया दिनुहोस्