Logo

मुम्बईको कार्यक्रममा सहभागी हुने समाचारबारे विश्व हिन्दू महासंघद्वारा ध्यानाकार्षण



काठमाडौं, ११ फागुन । विश्व हिन्दू महासंघले शिवरात्रि पर्वको अवसर पारेर भारतको मुम्बईमा यसै हप्ता हुन गैरहेको भनिएको श्रीमद्भागवत कथामा विश्व हिन्दू महासंघ सहभागी हुने भनि आएको समाचारप्रति आपत्ति जनाएको छ। आईतबार साँझ महासंघकी महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘शिवरात्रि पर्वको अवसर पारेर भारतको मुम्बईमा यसै हप्ता हुन गइरहेको भनिएको श्रीमद्भागवत कथामा विश्व हिन्दू महासंघ सहभागी हुने भनि विभिन्न सञ्चार माध्यममा सम्प्रेषण भएको समाचारप्रति महासंघको ध्यानाकार्षण भएको छ । सो कार्यक्रमबारे महासंघलाई कुनै आधिकारिक जानकारी नै प्राप्त नभएको हुँदा उक्त समाचारमा कुनै सत्यतथ्य नभएको साथै सो कार्यक्रममा महासंघको कुनै सहभागिता नभएको सम्पूर्णमा जानकारी गराईन्छ ।’



प्रतिक्रिया दिनुहोस्