Logo

अर्थमन्त्री खतिवडामाथि राजीनामाको दबाब



काठमाडौं, ११ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडा राजीनामाको दबाबमा परेका छन् । उनको राष्ट्रिय सभा सदस्य पद सकिदैछ । सांसद नरहेपछि उनको पद छ महिनामात्र रहनसक्छ । त्यसपछि उनको पद स्वतः जानेछ ।
अहिले खतिवडा सञ्चारमन्त्रालयको समेत जिम्मेवारीमा छन् । तर, दुवै पदमा उनी नरहने समय आइसकेको छ ।

खतिवडा छ महिनापछि पनि मन्त्री रहिरहन सांसद बन्नैपर्छ । सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने एक सांसद पद रहेपनि त्यसमा वामदेव गौतमको सम्भावना बलियो भइसकेको छ । यसकारण पनि डा. खतिवडा दबाबमा परेका छन् । २० गते सांसद नरहने खतिवडालाई छ महिना मन्त्री रहिरहन संविधानले छेक्दैन । संविधानको धारा ७८ ले सांसद नरहेको व्यक्तिलाई बढिमा ६ महिनासम्म मन्त्री बन्न सक्ने ढोका खोलेको छ ।
बजेट डा. खतिवडाले नै ल्याउन् भन्ने चाहना प्रधानमन्त्री ओलीको रहेको छ । तर, खतिवडामाथि सत्तारुढ दलभित्रकै नेताहरुको दबाब छ । नेकपाका केही नेताहरु अर्थमन्त्री बन्न सक्रिय भइसकेका छन् । File photo



प्रतिक्रिया दिनुहोस्