Logo

गोरखनाथ मन्दिर पुनःनिर्माणको शिलान्यास



फागुन ११, काठमाडौँ । काठमाण्डौको गोरखनाथ मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास भएको छ । शनिवार काठमाडौँ महानगरपालिका र श्री गोरखनाथ मन्दिर निर्माण उपभोक्त समितिको सहकार्यमा हुने पुनःनिर्माण कार्यको शिलान्यास नेकपा केन्द्रिय सदस्य एवम् प्रदेश सांसद नारायण सिलवालले गरेका हुन् ।

काठमाडौँको हाँडीगाउँमा रहेको सो मन्दिर पौरणीक र ऐतिहासिक साँस्कृति सम्पदाको रुपमा चिनिदै आएपनि पछिल्लो समयमा जीर्ण बन्दै गएको थियो । संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनः निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद सिलवालकै पहलमा कुल बजेट रु. ५३ लाख ८० हजार एक सय ७८ लागतमा निर्माण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको सहयोग तथा गोरखनाथ मन्दिर निर्माण उपभोक्त समितिको सहकार्यमा निर्माण हुने उक्त कार्यको सम्पन्न समयावधी २०७७ कार्तिक ३० रहेको छ । कुल बजेटमध्ये महानगरपालिकाले रु. ५० लाख ३ हजार ५ सय ६५ र उपभोक्त समितिले रु. ३ लाख ७६ हजार १३ रुपैया व्यहोर्ने जनाएको छ ।

शिलान्यास कार्यक्रममा का.म.न.पा. वडा–५ का अध्यक्ष रमेश डंगोल, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ, सामुदायिक प्रहरीका प्रतिनिधि लगयात स्थानीयहरुको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्