Logo

नेपालको नक्शा आकारको बर्थ डे केक काटेपछि प्रधानमन्त्रीको आलोचना



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बर्थ डे मनाउन आज जन्मस्थान तेह्रथुमको इवाइवान तीनसल्लेमा पुगे । हेलिकोप्टरमा पुगेर उनले बर्थ डे केक काटे ।

केक नेपालको नक्शा आकारको थियो । प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यको साथ बसेर केक काटे । नेपालको नक्शा आकारको केक काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको चर्को आलोचना भएको छ । कतिपयले देशको नक्शा आकारको केक काटेर मानमर्दन गरेको तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्