Logo

आइटीमा शृंखलाबद्ध अनियमितता



काठमाडौं, १२ फागुन । सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका सञ्चार मन्त्रालयअन्तर्गतका अधिकतर आइटी प्रणाली र परियोजनामा अनियमितता देखिए पनि मिलेमतोमा ढाकछोप भइरहेको मन्त्रालयका अधिकारीहरूको आरोप छ।

सुरक्षण मुद्रण केन्द्रले खरिद गर्न लागेको सेक्युरिटी प्रेसमा भ्रष्टाचारमा मुछिएको स्विस कम्पनीका एजेन्टसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना–प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको छ। सेक्युरिटी प्रेसमा मात्र होइन सेक्युरिटी प्रेसको नेतृत्व सम्हाल्नुअघि पौडेल कार्यरत रहेको राष्ट्रिय सूचना–प्रविधि केन्द्रले खरिद गरेका ग्रुप–वयेरसहितको इमेल प्रणाली, नेसनल पेमेन्ट गेट–वे, राउटरदेखि आइटी ल्याबसम्म खरिद गर्दा व्यापक अनियमितता भएको आरोप लागेको छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्