Logo

ओली प्रचण्डबीच भेटवार्ता, एमसीसी देखि वामदेवको चाहनासम्मको एजेन्डा



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले लिने रणनीतिबारे छलफल भएको हो ।

अमेरिकी सहयोग सम्बन्धित अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी कसरी पारित गर्नेबारे दुई नेताबीचको भेटवार्ता केन्द्रित रहेको बुझिएको छ । नेकपाभित्र एमसीसी संशोधनसहित पारित गर्नुपर्ने मत बलियो छ । एमसीसी अड्कँदा ओली अप्ठ्यारोमा परेका छन् ।

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र उनले उठाएको संविधान संशोधको विषयमा पनि छलफल हुने बुझिएको छ । यसैगरी, गोकुल प्रकरणपछि पार्टीप्रतिको आम धारणा र पार्टीभित्र बढेको विकृतिबारे समेत छलफल हुने बुुुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्