Logo

९१ वर्षमा प्रधानमन्त्री बनेका महाथिरले ९४ वर्षमा दिए राजीनामा



एजेन्सी, १२ फागुन । विश्वकै बढी उमेरका प्रधानमन्त्री हुन् मलेशियाका महाथिर मोहम्मद । उनले अचानक सोमबार विहान राजीनामा दिएका छन् ।

९४ वर्षीय महाथीरले पदबाट राजीनामा दिएर धेरैलाई चकित पारेका छन् । दशकौं मलेशियाको प्रधानमन्त्री बनेका महाथीर पद हस्तान्तरण गरेर सामान्य जीवन बिताउँदै आएकामा पुनः सक्रिय राजनीतिमा फर्कंदा धेरै छक्क परेका थिए । सन् २०१८ मा उनी प्रधानमन्त्री बन्दा ९१ वर्षका थिए । यसपटक उनले राजीनामा दिएर फेरि सबैलाई छक्क पारेका छन् ।

महाथीरको दल मलेशियन युनाइटेड इन्डिजिनस पार्टीले अनबर इब्राहिमको दल पकातान हरपानसँगको गठबन्धन पनि तोडेको छ । इब्राहिमलाई भविष्यमा प्रधानमन्त्री बनाउने गरी महाथीरले समर्थन लिएका थिए । तर, उनले इब्राहिमलाई रोक्ने रणनीति बनाएको देखिन्छ । विगतमा शासन गर्दा महाथीरले इब्रहिमलाई जेल हालिदिएका थिए । पछि दुवैबीच राजनीतिक गठबन्धन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्