Logo

को उपसभामुख बन्ला



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई सरकारमा भित्राएर नेकपा नेतृत्वको वर्तमान सरकारलाई दुई तिहाइको स्वरुप दिनसमेत इच्छुक भएका कारण नेकपा–राजपाबीच समझदारी हुने संकेत देखिएको छ तर समझदारीको ठोस दिशा ग्रहण गर्न नसक्दा अपेक्षित परिणाम आउन सकेको छैन । नेकपा–राजपाबीचको एक चरणको समझदारी गत राष्ट्रियसभाको निर्वाचनताका प्रदेश नं २ कार्यान्वयन भइसकेको छ ।

यदि नेकपा–राजपाबीच सरकारमा सहभागितासहितको कार्यगत एकतामा समझदारी भयो भने दुई मन्त्रीसहित उपसभामुख पदसमेत राजपाले पाउने र सो दलबाट उपसभामुखमा सांसद चन्दा चौधरीको सम्भावना रहेको बताइन्छ ।

यदि सो अवस्था विकसित नहुँदा उपसभामुख राष्ट्रिय जनमोर्चाले पाउने र सो दलबाट सांसद दुर्गा पौडेलको सम्भावना रहेको बताइन्छ । अर्कोतर्फ संसदीय मूल्य–मान्यता र विपक्षीको कदर गर्नुपर्ने नेपाली कांग्रेसको माग रहेको छ । सो सन्दर्भमा माथिका विकल्पहरुले सार्थक रुप लिन नसक्दा उपसभामुख पद नेपाली कांग्रेसलाई छोड्नुपर्ने स्थितिसमेत सिर्जना हुन सक्ने बताइन्छ । यस्तो अवस्थामा नेपाली कांग्रेसबाट सो पदमा सांसद पुष्पा भुषालको सम्भावना रहेको बताइन्छ ।-साँघु साप्ताहिक



प्रतिक्रिया दिनुहोस्