Logo

प्रधानमन्त्रीलाई गलहत्याउने भित्री योजना



काठमाडौ, १२ फागुन । सत्तारुढ नेकपाभित्र सरकार परिर्वतनको गुहकार्य तीव्र रुपमा अघि बढिरहेको छ, तर प्रधानमन्त्री केपी ओलीले थप चलखेल गर्नसक्ने भन्दे गृहकार्यलाई अत्यन्त गोप्य राखिएको बुझिएको छ । संविधानमा बहुमतप्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । संसदिय दलको नेता पदबाट ओलीलाई हटाएर जसलाई नेता बनाइन्छ, उसैलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ । संविधानको यही प्रावधानअनुसार सरकार परिर्वतनको गुहकार्य सुरु भएको हो ।

पार्टी भित्रको गणित र पुष्पकमल दाहालप्रचण्डको षड्यन्त्रभन्दा पनि आफ्नो स्वास्थ्यका कारण प्रधानमन्त्री पद धरापमा परेको महसुुस ओलीले गरेका छन् । यही फागुनको अन्तिम साता उनको मृर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।मृर्गौला प्रत्यारोपण पछि करिब तीन महिना अस्पतालमै र थप तीन महिना घरमै बेडरेस्ट गर्नुपर्ने भएकोले विदेश नजाने सोचाई ओलीले बनाएका छन् ।

यति लामो समयसम्म विदेशमा बस्दा प्रधानमन्त्री पद छाड्न थप दबाब आउने भएकाले ओलीलेस्वदेशमै उपचार गर्ने निधो गरेका हुन् । जसका लागि अस्पतालको मनमोहन कार्डियोलोजिक सेन्टरमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिसकिएको छ, साथै अमेरिका र भारतबाट विज्ञ र डाक्टरहरु झिकाइसकिएको छ । (तरुण साप्ताहिक बाट) File photo



प्रतिक्रिया दिनुहोस्