Logo

बालुवाटारमा ओली-दाहालबीच बाँस्कोटाबारे गम्भिर छलफल



काठमाडौं, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा गम्भिर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गोकुल प्रसाद बाँस्कोटाको पछिल्लो कमिशनको टेप प्रकरणबारे छलफल भएको थियो ।

स्रोतकाअनुसार अध्यक्ष दाहालले बाँस्कोटामाथि गम्भिर छानबिन हुनुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले भने पार्टीले यो प्रकरणमा किन छलफल गर्नुपर्यो ? भन्दै प्रश्न गरेका थिए । ओलीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले छानबिन गर्ने भन्दै यो प्रकरणलाई धेरै नउछाल्नको लागि आग्रह गरेका थिए ।

तर, अध्यक्ष दाहालले यो प्रकरणले पार्टी र सरकार दुवैलाई ठूलो असर पर्ने भएकोले गम्भिर हुनुपर्ने धारणा राखेका थिए । अध्यक्षद्धयबीच यसबाहेक समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा पनि छलफल भएको थियो ।

शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न गृहकार्यका लागि कमिटी गठन गर्ने निर्णय भएको थियो ।

तस्विर स्रोत : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेशबुक



प्रतिक्रिया दिनुहोस्