Logo

ट्रम्पले भारत भ्रमणमा करोड खर्च गरेर अर्बौं डलर फाइदा दिलाए



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहमदाबादमा चार घन्टा बस्दा डेढ करोड डलर खर्च भएको छ । यो पनि भारतले खर्च गरेको छ । ३६ घन्टा लामो भारत यात्रामा आएका उनको यात्रामा १० करोड डलर जति खर्च हुने अनुमान गरिएको छ । यो खर्च उनको यात्रा देखि सुरक्षासम्मको हो । तर, त्यसवापत् ट्रम्पले के लाभ लिए ?

डोनाल्ड ट्रम्प राजनीतिक पृष्ठभूमीबाट आएका होइनन् । उनी व्यापारिक घरानाका हुन् । व्यापार गर्दै गर्दा उनले राजनीतिक बाजी मारेर अमेरिकी राष्ट्रपति बने । उनी जहाँ पुग्छन् नाफा र घाटाको हिसाबकिताब नगरी पुग्दैनन् ।

ट्रम्प राष्ट्रपति भएपछि पहिलोपटक भारत भ्रमणमा पुगे । सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको राजधानी अहमदाबाद पुगे । ट्रम्पले अहमदाबादको स्टेडियम उद्््घाटन गर्दै भारतसँगको रक्षा सम्झौता घोषणा गरे । हतियारसहितको सैन्य सामाग्री खरिदको यो सम्झौता तीन अर्ब डलरको हुनेछ ।
ट्रम्पले मोदी कठिन सम्झौताकर्ता भएको बताए । हतियारबाहेक अन्य व्यापारिक सम्झौता पनि गर्ने भएका छन् ।

ट्रम्पले भारत भ्रमणबाट खर्चबाट नाफा पनि दिलाए । उनले अमेरिकालाई तीन अर्ब डलरको लाभ दिलाउँदा रोजगारीको अवसर सृजना समेत गर्न सके ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्