Logo

मोदीकै अगाडि ट्रम्पले भने : “पाकिस्तानसँगको हाम्रो सम्बन्ध एकदम राम्रो छ”



नयाँ दिल्ली, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग आफ्नो देशको सम्बन्ध राम्रो रहेको र पाकिस्तानको भूमिमा सक्रिय कट्टरपन्थीहरूलाई नष्ट गर्न उनको सरकारले पाकिस्तानसँग नजिकबाट काम गरिरहेको बताएका छन। डोनाल्ड ट्रम्प दुई दिनको भारत भ्रमणमा छन्। उनी सोमबार अहमदाबाद आईपुगेका हुन् । उनले अहमदाबादको मोटेरा स्टेडियममा एक विशाल सार्वजनिक सभालाई सम्बोधन गरे। सम्बोधनको क्रममा उनले पाकिस्तानको पनि नाम लिए र केही चर्चा गरे।

पाकिस्तानको सम्बन्धमा ट्रम्पले भने,”आफ्नो देशको सिमाना रक्षा गर्न प्रत्येक देशको अधिकार छ। अमेरिका र भारतले एकसाथ आतंकवादु रोक्ने र आफ्नो विचारधाराको लडाई गर्ने निर्णय गरेको छ। यसै कारणले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी प्रशासनले पाकिस्तानसँग सकारात्मक हिसाबले काम गरिरहेको छ ताकि आतंकवादी संगठनहरू र पाकिस्तानी सीमानाबाट सञ्चालित कट्टरपन्थीहरूको विनाश हुन सक्छ।”

त्यतिमात्रै होईन, ट्रम्पले पाकिस्तानसँग पनि आफ्नो देशको अतिनै राम्रो सम्बन्ध रहेको बताएका थिए । सम्बोधनको क्रममा ट्रम्पले भने,”पाकिस्तानसँगको हाम्रो सम्बन्ध एकदम राम्रो छ। यी प्रयासहरूको आधारमा हामी पाकिस्तानसँग ठूलो सफलताका संकेतहरू देखिरहेका छौं। हामी आशावादी छौं कि यसले दक्षिण एशियाका सबै देशहरू बीचको तनाव कम गर्नेछ, स्थिरता बढाउनेछ र भविष्यमा एक अर्कामा सद्भाव बढाउनेछ।”

भारतको भूमिका

ट्रम्पले यस विषयमा पनि भारतको ठूलो भूमिका हुने उल्लेख गरे। ट्रम्पले भने,”भारतले यस क्षेत्रको राम्रो भविष्यका लागि महत्वपूर्ण नेतृत्व गर्नुपर्नेछ। समस्या समाधान गर्न र यस सम्पूर्ण क्षेत्रमा शान्ति प्रबर्द्धन गर्न भारतले थप जिम्मेवारी लिनुपर्नेछ।” यो समाचार बिबिसी हिन्दीले आज विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

Photo Source: (AP Photo/Aijaz Rahi)



प्रतिक्रिया दिनुहोस्