Logo

त्रिविमा बेथिति अन्त्यको प्रयास



काठमाडौँ, १३ फागुन । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गरेका प्रा.डा. धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुटेको छ ।

यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिनुभएको छ भने भौतिक पूर्वाधा र, प रीक्षा प्रणाली, सूचना प्रविधि, शिक्षकको सम स्या समाधान गर्नेसम्मको सुधा र कार्यलाई ठोस रूपमा अघि बढाएको छ । बाँस्कोटा गत कात्तिक १७ गते उपकुलपतिमा नियुक्त भएको थियो । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय सुधारका लागि आफूले ठोस योजनाका साथ काममा जुटेको जानकारी दिए । उनले पद बहाली गर्दा त्रिविको गत असारमा पारित हुनुपर्ने वार्षिक बजेट पारित हुन सकेको थिएन । उनी जिम्मेवारीमा पुगेपछि मंसीर १३ गते त्रिवि सभामार्फत बजेट पारित गरियो । पुस ३ गते ४५औँ दीक्षान्त समारोह गरियो भने पुस दोस्रो साता त्रिविको रिक्त रजि स्ट्रा रमा प्राडा पेशल दाहाल नियुक्त भए ।

विश्वविद्यालयमा शिक्षाध्यक्षमा भने नियुक्ति हुन सकेको छैन । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय प्राज्ञिक थलो भएको र सहमतिमा चलाउनुपर्ने भएकाले त्यसका लागि आफ्नो तर्फबाट प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग पहल गरी रहेको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरि राजमणि पोख रेलसँग पटक पटक भेट गरी सहमतिका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ । प्रम र शिक्षामन्त्रीले छिट्टै पदाधिका री नियुक्तिको विषय टुङ्गो लगाउने आश्वासन दिए । अन्य राजनीतिक मुद्दाको ओझेलमा प रेकाले पदाधिकारी नियुक्तिले प्राथमिकता पाउन नसकेको उनको भनाइ छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्