Logo

सबै निकायका संरचना र दरबन्दी पुनरावलोकन हुने



काठमाडौं, फागुन १३ । सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ। कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको हो।

सरकारका विभिन्न मन्त्रालय र माताहतका निकायको संगठन संरचना र दरबन्दी व्यवहारिक नभएको भन्दै सरकारले संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्नका लगि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने भएको छ। कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि तयार पारि मन्त्रिपरिषद्मा पठाएको छ।

यसअघि २०७४ सालमा कर्मचारी समायोजनपूर्व संगठन संरचना र दरवन्दी निर्धारण गर्दा हतार भएको, संघीय सरकारअन्र्तगत रहने संगठन तथा दरबन्दी अपेक्षित रूपमा वस्तुनिष्ठ र वैज्ञानिक बनाउन नसकिएकाले पुनरावलोकन थालिएको मन्त्रालयले जनाएको छ।

अब यो कार्यविधि पारित भएसँगै संघीय सरकार माताहतका निकायलाई जिम्मेवार बनाउने, श्रेणी तह र संगठनविच तालमेल ल्याउने, अनावश्यक कार्यालय र कर्मचारी दरबन्दी कटौती गर्ने, प्रशासनिक खर्च कटौती गर्नेलगायतका काम हुनेछन्। जसमा कर्मचारीले हप्तामा ४० घन्टा काम गर्नुपर्ने र ४० घन्टा कार्यवोझ देखिएमा मात्रै दरबन्दी थप हुनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्