Logo

चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, फागुन १३ । केहि दिनदेखिको मौसमी प्रतिकुलताको प्रभाव अझै केहि दिन लम्बिने भएको । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज देशका केहि भागमा बर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ

आज देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउदै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन समेत अपिल गरेको छ।

मंगलबार राति देशको मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंसिक बदली रहनेछ भने मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्