Logo

दरबारमार्गमा चिनियाँ भिसा आवेदन केन्द्र



काठमाडौं, फागुन १३ । काठमाडौंमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको छ। दरबारमार्गस्थित राइजिङ मलमा सञ्चालनमा आएको भिसा आवेदन केन्द्रको नेपालका लाग चिनियाँ राजदूत होउ याङ्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरे।

योसँगै विश्वभरमा ९२ मुलुकमा चिनियाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएको दूतावासले जनाएको छ। सिआइआइसी नेपाल प्रालिले चिनियाँ दूतावासको स्वीकृतिमा उक्त सेवा सुरु गरिएको हो। भिसा प्रक्रियालाई सहज र चुस्त बनाउन उक्त सेवा सुरु गरिएको दूतावासले जनाएको छ।

उक्त सेवा सुरु भएसँगै चिनियाँ दूतावासको कन्सुलर कार्यालयबाट हुँदै आएको भिसा आवेदन प्रक्रिया अब सिआइआइसी नेपाल प्रालिका माध्यमबाट हुनेछ। नयाँ भिसा आवेदन केन्द्र सञ्चालनमा आएसँगै आवेदनको शुल्कसमेत वृद्धि भएको छ।



प्रतिक्रिया दिनुहोस्