Logo

नारिता उडानबाट व्यवसायीक लाभको अपेक्षा



काठमाडौं,फागुन १३ । नेपाल वायुसेवा निगमले आगामी फागुन १९ देखि सञ्चालनमा आउने जापानको नारिता उडानको तयारीमा पुरा भएको जनाएको छ । ओसाका उडान बन्द गरेर नारिना उडानको तयारीमा लागेको निगमले उक्त गन्तव्यबाट व्यवसायीक लाभको अपेक्षासमेत गरेको छ । आफ

निगमले आफ्नो पहिलो उडानमा काठमाडौंबाट नारिता जान एक सय ६६ टिकट र नारिताबाट काठमाडौं आउन दुई सय ५२ जनाले टिकट बुकिङ गरेको बताएको छ। उक्त जहाजमा बिजनेस र इकोनामी गरी दुई सय ७४ सिट छ। जापानको ओसाका उडान बन्द गरेर नारिता उड्ने तयारीमा रहेको निगमले उक्त गन्तव्यमा देखिएको आकर्षणलाई संस्थाको व्यावसायिक सफलतासँग जोडेर हेरिएको निगमकी प्रवक्ता अर्चना खड्काको भनाइ छ।

‘सोमबारसम्म भएको टिकट बुकिङलाई सन्तोषजनक रुपमा लिन सकिन्छ,’ उनले भनिन्, ‘टोकियो नजिक र धेरै नेपालीले सेवा लिन सक्ने गन्तव्य भएकाले पनि हामीले अपेक्षा गरे जस्तै आर्कषण पहिलो उडानमा देखिएको छ।’ नारिताको सिधा उडानले नेपालबाट त्यहाँ जाने यात्रुले झेल्नुपर्ने ट्रान्जिटको झन्झटअन्त् यगर्नेछ।

ओसाका उडान भर्दै आएको निगमले उक्त गन्तव्यबाट अपेक्षित फाइदा लिन नसके पनि नारितामा उडान सुरु गर्ने अनुमतिलगायत प्रक्रियामा सहयोग पुगेको उनले बताइन्। सुरुको केही उडान जहाजको क्षमताअनुसार नभए पनि पछिल्लो समय भने आउ–जाउमै सफलता मिल्दै गएको उनको भनाइ छ। नारिता उडानबाट अझ घेरै सफलता मिल्नेमा आशावादी रहेको उनले बताइन्।

नारिता जापानको राजधानी टोक्यो नजिक भएकाले घेरै नेपालीतथा नेपाल आउने पर्यटकले उक्त विमानस्थल प्रयोग गर्छन्। यसले गर्दा नै अफसिजनमा समेत राम्रो प्रतिक्रिया पाएको खड्काले बताइन्।

ओसाकाजस्तै नारितामा पनि निगमले सातामा तीन उडान भर्नेछ। सोमबार, बुधबार र शुक्रबार उडान भर्ने तयारी गरेको निगमले हाललाई काठमाडौं–नारिता उडानको दुईतर्फी भाडा ७३ हजार रुपैयाँ तोकेको छ। एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ। ‘अहिले तोकिएको भाडा नयाँ गन्तव्यको प्रमोसनल फेयर ९प्रवद्र्धनात्मक भाडा० हो,’ उनले भनिन्, ‘भविष्यमा यात्रुको अकुपेन्सीअनुसार भाडादर तलमाथि हुनेछ।’

निगमको ए३३०–२०० वाइडबडीले काठमाडौंबाट नारिता पुग्न साढे नौ घन्टा लगाउनेछ। काठमाडौंबाट राति १ः२५ बजे नारिता उड्ने विमानस्थानीय समय अनुसार विहान ११ बजे त्यहाँ अवतरण गर्ने खड्काले जानकारी गराइन्। नारिताबाट स्थानीय समयअनुसार दिउँसो १ बजे उडेर नेपाली समय अनुसार ६ः२५ मा काठमाडौं अवतरण गर्नेछ।

उक्त उडानमार्फत बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुईवटा ब्यागेजको सुविधा पाउनेछन्।



प्रतिक्रिया दिनुहोस्