Logo

लघुवित्तमा कार्यरत कर्मचारीबाटै अनियमितता



मनाङ, १३ फागुन : एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिए । सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको विषय समेत आएको जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्