Logo

अदुअआको २९औँ वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, १३ फागुन : आज बसेको प्रतिनिधिसभा बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेका हुन्। त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्