Logo

नेपाल ट्रष्टको जग्गा : उपप्रधानमन्त्री पोख्रेलमार्फत जारी भयो श्वेतपत्र, यस्तो छ पूर्णपाठ



काठमाडौँ १३ फागुन : नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण नेपाल सरकारले सार्वजनिक गरेको छ। नेपाल ट्रष्टका अध्यक्ष तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकारसम्मेलनको आयोजना गरेर श्वेतपत्रमार्फत ट्रष्टको सम्पत्ति सार्वजनिक गरेका हुन्। श्वेतपत्रमा उल्लेख भएअनुसार २१ हजार पाँच सय ६२ रोपनी जग्गा ट्रष्टको नाममा रहेको छ भने काठमाडौँमा ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा रहेको जनाइएको छ ।

त्यसैगरी भक्तपुरमा ११३ रोपनी, ललितपुरमा ८ रोपनी, नुवाकोटमा २४० रोपनी, धनकुटामा १९४ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेपलाञ्चोकमा ९ रोपनी, सिन्धुपाल्चोकमा २७ रोपनी, सुर्खेतमा ४५७ रोपनी, कास्कीमा १७४ रोपनी, चितवनमा ७६७ रोपनी र धादिङमा १५ हजार १०१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा रहेको छ।

नेपाल ट्रष्टलाई थाहा भएको जग्गाहरू श्वेतपत्रमार्फत सार्वजनिक गरिएको छ । अन्य जिल्लामा पनि नेपाल ट्रष्टका जग्गाहरुको खोजी भइरहेको रक्षामन्त्री पोखरेलले जनाएका छन्। काठमाडौंको लाजिम्पाट, कमलादी, दरबारमार्ग, कालिमाटी, ताहाचल, छाउनीमा रहेका जग्गाहरु व्यापारिक प्रयोजनको लागि भाडामा दिइएको समेत जानकारी दिएका छन्।

सम्पूर्ण जग्गाहरू २०६४ सालमा नेपाल ट्रष्ट स्थापना भएपछि पूर्वराजाको नामबाट ट्रष्टको नाममा सारिएको थियो । नेपाल सरकारले नेपाल ट्रष्टको जग्गामाथि कडा निगरानी गरिरहेको समेत जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्