Logo

एसीडीटीका कारणहरु (उपचार विधिसहित)



हाम्रो समाजमा एसिडिटी प्रमुख समस्याहरु मध्ये एउटा हो । व्यस्त जीवनशैली, अव्वस्थित खानपिन, धुलोधुवाँले गर्दा एसिडिटीको हुने गरेको छ । यो नेपालीहरुमा सामान्य बनिसकेको छ । वास्तवमा एसिडिटी अपचको कारणले हुने गर्दछ । एसिडिटीकै कारण शरीरमा ग्यास्ट्रोएगसफागेल रिफ्लक्स डिजीज हुने सम्भावना बढ्न जान्छ, जसले मुख गन्हाउने, छाती पोल्ने, खाना निल्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्छ ।

एसिडिटी बढाउने कारण
चीया कफीको धेरै प्रयोग ः मानिसहरु दिमागलाई चुस्त राख्नका निम्ती कफी वा चीया पिउने गर्दछन् । तर धेरै मात्रामा चिया वा कफी पिउनाले एसिडिटीको समस्या बढाउने गर्दछ । यसबाहेक खालीपेटमा यसको सेवन हानीकारक हुन्छ । यसले पेटमा ग्यास सिर्जना गरी एसिडिटी गराउन जिम्मेवार रहन्छ ।

खाने समय लामो हुदाँः एसिडिटीबाट बच्नको लागि ठिक समयमा खाना खाने बानी बसाल्नु पर्छ । खाजा खाने समय, दिन र रातको खाना एकै समयमा खाने प्रयास गर्नुपर्दछ । यो समयमा अधिक अन्तर राखेमा शरीर स्ट्रेस मोडमा जाने गर्दछ र एसिडिटी समस्या बढ्न जान्छ ।

धेरै राती खाना खानेः अधिक रातको समयमा हाम्रो प्याङ्क्रियाजको शक्ति कम हुदैँ जान्छ । धेरै राती खाना खाँदा प्याङ्क्रियाजले भोजन पचाउन सक्दैन र अपच हुन जान्छ । त्यसैकारण हामीले धेरै राती खाना खादाँ पाचन पाचन शक्ति घट्न गई पेटमा ग्यास सिर्जना हुन्छ र एसिडिटीको समस्या सिर्जना हुन्छ एसिडिटीको समस्या सिर्जना हुन्छ । त्यसैकाराण सुत्नुभन्दा दुई घण्टा अघि भोजन गनुर्् उपयुक्त हुन्छ ।

खाना राम्रोसँग नचपाउनेः छिटोछिटो निल्ने बानीले पनि एसिडिटीको समस्या बढ्न जान्छ । राम्रोसंग नचबाइएको खानाको टुक्राहरु पेटमा जाँदा पेटमा टुक्रिन समय लाग्छ र पाचन राम्रोसँग हुँदैन । उसले पेटमा एसिड उत्पादन गर्दछ । त्यसैकारण चबाएर खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।

मसालेदार भोजनः मसालेदार खाना जति स्वादिष्ठ हुन्छ त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

तनाबः मानिस अधिक तनाबमा रहने कारणले गर्दा पनि एसिडिटीको समस्या सिर्जना हुन्छ ।



प्रतिक्रिया दिनुहोस्