Logo

कामको बेला ब्रेक दिनु दिमागका लागि स्वास्थ्यकर



प्रायः तपाईँले अफिसमा देख्नु भएकै होला धेरै व्यक्तिहरु कामको समयमा केही समय (१० मिनेट) को लागि बाहिर निस्कीएर उनीहरु थप ताजा र सक्रिय भएर पुनः काम शुरु गर्छन् । काम गर्दै जादाँ बिचबिचमा ब्रेक लिएर फेरी काम सुरु गर्नू स्वास्थ्यको लागि पनि निकै लाभदायक छ ।

क्यानडामा भर्खरै गरिएको अनुसन्धानमा दिउँसोको खाजा वा ब्रेकले काम गर्ने क्षमतालाई मात्र फाइदा नभई स्वास्थ्यको लागि पनि लाभदायक हुने जनाएको छ । यसले हाम्रो दिमागलाई सक्रिय बनाउँछ । त्यस्तै गरि आँखालाई पनि फाइदाजनक हुन्छ । ब्रेकको समयमा, हाम्रो आँखा बन्द गर्दा हाम्रो आँखामा आराम दिन्छ । परिणाम स्वरुप हाम्रो दृष्टि पनि सही हुन्छ ।

अन्वेषकहरुले भनेका छन्, शरीरलाई एक छिन आराम दिनाले शरीरलाई राहत दिन्छ । यसले हाम्रो शरीरलाई अझ धेरै काम गर्न तयार गराउँदछ । अनुसन्धानले बीचमा कामको ब्रेक गर्दा शारीरीक र मानसिक स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ । जुन एक ब्रेकको समयमा केही खान आवश्यक छ । फिल्डमा काम गरिरहेको लाई उत्पादकता बृद्धि गर्न शक्ति धेरै महत्वपुर्ण हुन्छ । तर स्वस्थ र लामो समयको लागि खुशी रहन, दैनिक ८–९ घण्टा निन्द्रा पनि त्यस्तै महत्वपुर्ण छ ।



प्रतिक्रिया दिनुहोस्