Logo

शेखरले मागे प्रधानमन्त्री ओलीको राजीनामा, भ्रष्टाचारमा मिलेमतोको आशंका



काठमाडौं, १३ फागुन । प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीपनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा हुन लागेको भ्रष्टाचारमा संलग्न रहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । उनले नैतिकताको आधारमा तत्काल प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु पर्ने माग गरे ।

मंगलबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सेक्युरिटि प्रिन्टिग प्रेस खरिदरमा ४ अर्व २० करोड रुंपैया निर्वतमान संचार मन्त्री गोकुल बास्कोटाले घोटला गर्न लागेको कुरा २ महिना अगाडी प्रधानमन्त्रीलाई अडियो थाहा हुंदा पनि कुनै कारवाही र सुनुवाई नगर्नुले प्रधानमन्त्रीको पनि मिलेमतो भएको आशंका समेत गरे ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको लागी मार्ग प्रशस्त गर्नुपर्ने उनको माग छ । उनले पछिल्लो समय अख्तियार पनि सरकारको निर्देशनमा मात्रै चल्न थालेको गम्भिर आरोप लगाए । कुनै मुद्धा परेमा नेकपा बाहेका जो कोही भए प्रकाउ गर्ने वा अनुसन्धान गर्ने र नेकपाका नेता तथा कार्यकर्तालाई उन्मुक्ती दिने मात्र काम गरेको समेत कोइरालाले आरोप लगाए । file photo



प्रतिक्रिया दिनुहोस्