Logo

यो संविधानलाई बिदा गर्नुपर्ने अवस्था आउनसक्छ- शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता



काठमाडौं, १३ फागुन । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी हक्की स्वभावका छन् । तार्किक ढंगले प्रस्तुत हुने केसीले संविधाननै जोखिममा पर्ने बताएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
देश कता जाँदैछ ?
देश त अब सिधैं खाल्डोमा जाँदैछ । हिजो हामीले उन्नति प्रगतिको लागि जुन खालको आशा र भरोसा गरेका थियौं, त्यो देखिँदैन ।
देशप्रति आशावादी हुने अवस्था छैन ?
करिब–करिब ‘टू थर्ड’ को मेजोरेटी भनेपछि यो सरकारले देश र जनताको लागि केही काम गर्छ भन्ने थियो । अहिले जसरी काण्डैकाण्डहरु आएको छ । पछिल्लो समय प्रधानमन्त्रीका सबैभन्दा नजिकको मान्छेबाट प्रिन्टिङ प्रेस खरिदमा कमिशनको कुरा आयो । फेरि बेमौसमको बाजा जस्तै संविधा संशोधनको कुरा उठाइएको छ । मुलुकमा सिस्टम नबसेर हामी पछुताउमा छौं । किन २०७२ सालमा भरर्खर संविधान भएको त्यसमा फेरि नेकपाले संसोधनका कुरा उठायो । जुन आपैm सत्ताधारी दल छ, त्यसकारण नेपालमा जति पनि सबै विकृतिका मात्रै कामहरु हुन लागेको छ ।
संविधान संशोधन गरेर राष्ट्रियसभाबाट वामदेवलाई प्रधानमन्त्री बनाउन सकिँदैन ?
कुनै पनि व्यक्तिको लागि संविधानै संशोधन गर्नुहुँदैन । मुलुकको स्थायित्वको लागि आवश्यक ठहरिएमा गर्न पनि सकिन्छ ।
तपाईं त कानुनविद् हो नि, संविधान संशोधन गर्नु किन हुँदैन ?
दुनियाँमा कहीं पनि अपर हाउसको मान्छे प्रधानमन्त्री हुने स्टिमै छैन ।
नेपालमा संविधान संसोधन गरेर गर्ने नि त ?
‘टू थर्ड’ नेकपासँग छँदा पनि छैन, त्यसैले जुन दिन तपाईंले यो संविधान संशोधन गर्न खोज्नुहुन्छ । त्योसँगै यो संविधानको अन्त्य पनि हुन सक्छ । किन भने मुलुकमा सिस्टमै बनेको छैन । त्यसले अहिले सारा संवैधानिक अंगहरुले काम गर्नै छोडिसकेको छ । जति पनि संवैधानिक अंगहरु तिनको अस्तित्व नै छैन । अहिले प्रधानमन्त्रीले थिति मात्रै बनाइदिए हुन्थ्यो । थिति बसिकेपछि प्रधानमन्त्री, मन्त्री जो बनेपनि केही हुँदैन । एउटा शासकले राति जे सपना देख्यो भोलिपल्ट त्यही कुरा हुने भन्ने हुन्छ देशमा ?
वामदेव गौतम प्रधामन्त्री बन्दा तपाईंहरुलाई के आपत्ति ?
संविधान संशोधनै नहुने होइन । तर, त्यो नेपाली जनता र मुलुकको लागि हुनुपर्यो । बरु मधेसका समस्या समाधान गर्नका लागि गर्नुपर्यो । मधेसी, जनजाति, अल्पसंख्यक, मुस्लीम, दलित, पीछडावर्ग, उत्पीडितहरुले आवाज उठाएका छन् भने उहाँहरुका समस्या सधानका लागि मात्रै संशोधन हुन सक्छ । जसले राष्ट्रिय विषयको उजार गरोस् । तर, कुनै व्यक्तिको लागि संशोधन गर्न थाल्यौं भने ०७२ संविधान फेरि हामीले बिदा गर्नुपर्ने अवस्था आउँछ । हाम्रो समाज कुनै तत्वहरु यो संविधान मान्दैनौं भनेर हिँडिरहेका त्यसलाई मलजल हुने खालको कुरा उठाउनुहुँदैन । हुन त हिजो सुवास नेम्वाङहरुले हामी समितिमा बस्दैनौं भन्नुभयो । फेरि पूर्व प्रधानमन्त्री भइसकेको मान्छे माधव नेपालले घरमै बैठक राख्नुभयो भन्ने कुरा आएको छ । जसले देश प्रधानमन्त्री चलाइसकेको छ, उहाँले पनि संशोधन गर्नुपर्छ भनेर स्वीकार गर्नुभयो ।
वामदेवको सपनालाई सुवास नेम्वाङले असफल बनाइदिनु भएको हो ?
वामदेवजीले सपना देख्ने बित्तिकै प्रधानमन्त्री हुने भए अहिले जति पनि संस्दका सदस्य उनीहरुले सबै सपना देखेर बस्ने थिए, प्रधानमन्त्री बन्नका लागि । प्रतिनिधिसभामा ओलीभन्दा को क्यालिफाइड खोज्नुस् न किन मान्छे नै नभएको जस्तो गर्नुहुन्छ । अरुलाई दिनुपरेको होइन, आफनै दलबाट खोज्दा भइगोनि । कि प्रतिनिधिसभाका सदस्य सबै अनक्वालिफाइड हो, ओली बाहेक ? त्यति धेरै अनुभवी सदस्यहरु छन् । आफ्नै पार्टीको बहुमत, त्यसले संसदीय दलको नेता चुनेपछि त्यही प्रधानमन्त्री भइहाल्छ नि । यस्ता हुँदैनहुने, मिल्दैनमिल्ने कुरामा जिकिर गरेर यो देशको कसले रेस्क्यु गर्ने । हामीलाई केपी ओलीबाट हुन्छ भन्ने लागेको थियो । उहाँबाट देश बँचाउने सम्भावना नै छैन ।
किन हुँदैन, प्रधानमन्त्रीले ‘म देशको प्रगति र समृद्धिको लागि प्रतिवद्ध छु’ भन्नुभएको छ त ?
प्रधानमन्त्रीले ओली झन्डै साढे दुई वर्ष देश चलाउनुभयो । कुनै पनि प्रतिपक्षी दलहरुले उहाँलाई सहयोग गरेकै छन् । उहाँले जुन भजन गाउनुहुन्छ, त्यसको पछिपछि हिडिदिनुपर्छ भन्ने त होइन नि । उहाँ जस्तो निस्कलंक मान्छेबाट हामीले थिति बसाल्नुहुन्छ भन्ने लागेको छ । वीपी पछि यो देशमा थिति बसाल्ने मान्छे नै भएन । ओलीजीले मिडियाका मान्छेलाई मैले भनेको मान्नुपर्छ भनेर उपदेश दिने । सत्तामा बस्ने उपदेश दिने होइन नि । सत्तामाम बस्नेले त जनता र मिडियाकर्मीको सहयोग लिएर विकास र समृद्धिको काम गर्ने हो । उल्टै कतिपय संवैधानिक निकायलाई आफ्नो मातहतमा राख्ने, मानवअधिकार विधेयक, सञ्चारसम्बन्धी विधेयक, गुँठीसम्बन्धी विधेयकहरु छन् । यी सारा विधेयकहरु लोकतान्त्रिक संविधान बिपरित छन् । नेकपालाई जनताले त्यहीं भनेर पाँच वर्षका लागि सरकार चलाउन दिएका हुन् ? उहाँले सून्य सहनशीलताको कुरा गर्नुभएको छ । यहाँ घूस खानेलाई सिधैं फायर गरिदिनुस् । क्रपसन हेर्ने यजेन्सी छ, अख्त्यिार दूरुपयोग अनुसन्धान आयोग त्यो पनि सरकारीकरण हुँदै गएको छ । यसले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरोस् । भ्रष्टाचार भनेको देशको दुर्भाग्य हो । बेथिति जसरी बढिरहेको यसलाई ठीक ठाउँमा ल्याउन सरकारले संविधान बमोजिम इमान्दारिकासाथ काम गर्नुपर्छ ।
सरकारले संविधान संसोधनका लागि कार्यदल बनायो, तर त्यसका सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले असहमति जनाएका छन् अब हुन्छ ?
यसको अब औचित्य नै सकियो नि । जुन विषयको लागि गर्न लागिएको थियो । हिजोबाट यो विषयको औचित्य समाप्त भएको छ । संविधान संसोधन भनेको नेपाली जनता र राष्ट्रियताका लागि हुनुपर्छ । यहाँ कसलाई कुन पदमा पुर्याउने भनेर लाभको पद हासिल गर्न संविधान संशोधन हुँदैन । संविधानमा उल्लेख गरिएका मौलिक हकका विषयतिर लागोस् सरकार । कम्तिमा पनि ७७ जिल्लामा मध्ये एउटा जिल्ला छानेर संविधानका मौलिक हकहरु लागु गर्दै जाओस् । नत्र किन लेखेको ? फन्डामेन्टल राइटलाई संविधानमा राखेर मात्रै भएन नि ।
देशमा लोकतन्त्र ल्याउँदाको वामदेवको भूमिकालाई नेकपाका शीर्ष नेताहरुले नजरअन्दाज गर्न मिलेन नि ?
कुनै एउटा व्यक्तिले मात्रै यो मुलुकमा डेमोक्रेसी ल्याएको होइन । यहाँ सबै दल, सञ्चारकर्मी, मानवअधिकारवादी, न्यायालय, कर्मचारी, जनता सबै मिलेर मात्रै यो मुलुकमा डेमोक्रेसी, गणतन्त्र ल्याएको हो । यो सबैले बुझे हुन्छ, यदि कसैलाई मेरा कारणले मात्रै यो मुलुकमा डेमोक्रेसी, गणतन्त्र आएको भन्छ भने त्यो सपना मात्रै हो । यसमा पूर्ण तह, तप्का, वर्ग, समुदायको उत्तिकै योगदान छ । वामदेवजीलाई राष्ट्रियसभामा जान कसैले छेकेको छैन, जाँदा हुन्छ ।
राष्ट्रिय प्रधानमन्त्री बाहेक अरु बन्त्री मिल्छ ?
यो प्रधानमन्त्री भन्ने पद जुन अस्ति नेकपाभित्रैबाट पाँच वर्षका लागि केपी ओलीजी जिम्मा दिइसकेको भन्नुहुन्थ्यो उहाँ आपैm । समाजवाद भनेको के उहाँहरु त्यो पनि भनिरहनुभएको छ । यो भनेको गाँस, बास र कपास हो जनताको लागि । अर्को रोजगारी हो, यो २ वर्षमा कुन–कुन ठाउँमा रोजगारीको सिर्जना ग¥यो, नेपाल सरकारले ? हजौरौं युवाहरु विदेसिनुपरेको छ । त्यत्तिकै संविधानमा समाजवाद खेरेर हुन्छ । त्यसको मूल्य, मान्यता अनुसारको काम हुनुपर्दैन ?
अब वामदेव प्रधानमन्त्री बाहेक अरु जे पनि बन्न सक्नुहुन्छ ?
अपरहाउसमा लगेपछि प्रधानमन्त्री बाहेक अन्य जुन पनि बन्सक्छन् । त्यसमा मलाई आपत्ति छैन । खासमा भन्ने हो भने देशको मन्त्री प्रधानमन्त्री भन्दा पनि काम गर्ने मान्छेलाई एउटा माननीय नै काफी छ । कतिपय व्यक्तिहरुले माननीय नभएर पनि जनताको सेवा गरिराख्नुभएको छ नि । उहाँलाई माननीय बनाउँदा अन्य ठाउँमा भूमिका दिँदा भैहाल्छ । तर, एउटा व्यक्तिलाई पदमा पु¥याउन संविधानै संशोधन भन्ने हुँदैन । फेरि कुनै वर्ग, समुदायको विषयमा कुरा उठेको छ भने संशोधन गर्न मिल्छ । अहिलेको अवस्थामा जुन दिन तपार्इंंले संसोधनको सुरु गर्नुहुन्छ त्यही दिनबाट अन्त्य पनि हुँदै जान्छ । किन भने अहिले अहिले थिति नै बसिसकेको छैन । यही बेथितिमा टेकेर यतिमा तत्रो भ्रष्टाचार भइराखेको छ । ईश्वर पोखरेलजीले फेरि उपदेश दिइरहनुभएको छ । मैले कानुन बमोजिम गरेको छु भनेर । कानुनमा टेकेर गरेको भनेर भ्रष्टाचार गर्न पाइन्छ । यतिलाई जसरी जग्गा दिइएको त्यो भ्रष्टाचारजन्य काम भइरहेको छ । नेपालको कानुन संसोधन गरेर दिएको भनेर ईश्वर पोखरेल भनिरहनुभएको छ । अहिले नेपाल विदेशीको आँखामा भ्रष्टाचारीको मुलुक भनेर चिनिन थालिसक्यो ।



प्रतिक्रिया दिनुहोस्