Logo

अवसर छोपेर प्रधानमन्त्री बन्ने दाउमा वामदेव



काठमाडौं, १४ फागुन । नेकपाका नेता वामदेव गौतम अहिले चर्चामा छन् । प्रतिनिधि सभामा आफ्नो आवश्यकता रहेको बताउ“दै पटक÷पटक प्रतिनिधिसभामा आउने प्रयास गरेका गौतम आफ्ना प्रयासमा असफल भएपछि पछिल्लो चरणमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था संविधानमा राखिनुपर्ने भन्दै पार्टी नेतृत्वमा दबाव बढाउ“दै आएका थिए । गौतमका तर्फबाट यस्तो दबाव आउनुका पछाडि नेतृत्वतहले उहा“लाई राष्ट्रिय सभामा आउनका लागी दिएको सुझाव नै प्रमुख कारण थियो । राष्ट्रिय सभा सदस्य प्रम हुन नपाउने व्यवस्था रहेसम्म आफु त्यहा“ नजाने घुर्की लगाएका गौतमकै सुझावअनुसार गत शनिवार बसेको नेकपा सचिवालय बैठकमा गौतमकै माग पूरा गर्ने उद्देश्य राख्दै दलका कार्यकारी अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागी कार्यदल नै गठनको प्रस्ताव ल्याएर गौतमको प्यारो बन्न त खोजे तर यसले पार्टी भित्र र बाहिर पनि पार्ने असरका बारेमा भने सोचेका थिएनन् ।

नेकपा भित्र गौतमको पहिचान अस्थिर र चलायमान नेताका रूपमा रहेको छ । नेपालको राजनीतिमा विकृति भित्र्याउने मध्येकै एक नेताको छबि बनाएका गौतम आफ्नै निर्वाचन क्षेत्रमा तिन तिन पटक मतदाताद्वारा अस्विकृत पात्र पनि हुन् । जनताको मतबाट जन प्रतिनिधि बन्न नसकेपछि जस्केलो कुरेरै भए पनि सत्ताको बार्दली टेक्ने प्रयासमा रहेको नेता गौतमको महत्वाकांक्ष“लाई चुल्याउने काम नीहित व्यक्ति स्वार्थ र पार्टी कब्जाकै एउटा रणनीति अन्तर्गत बुझ्ने हो भने गौतमको महत्वाकांक्ष“ चुल्याउने नेताहरुकै लागी पनि यस्ता कदम र प्रयास भबिष्यमा आफ्नैलागी पनि प्रत्युत्पादक हुन्छन् भन्ने कुरा कसले बुझाईदिने ख्वै ? तर गौतमलाई नजिकबाट नियालेकाहरु र गौतमकै बिगतका राजनैतिक खेलहरु हेर्ने हो भने गौतममात्रै आफ्ना लागी राजनीतिका गोटी चाल्छन्, आफ्नो भलो कसलाई बोक्दा हुन्छ र त्यसलाई कहा“ लगेर बजार्नुपर्ने हो त्यसको सबै लेखा जोखा गरेर मात्रै उनी आफ्ना कदम चाल्छन्, यो उनको बिगतलाई हेरेर गरिएको निष्कर्ष हो ।

देशमा राजनैतिक स्थिरताको वातावरण बन्दै गइरहेका बेला, सत्तारूढ पार्टी एकता प्रक्रियालाई पुर्णता दिंदै अघि बढिरहेका बेला पार्टी जीवनलाई नै प्रधावित पारेर सिंगो दललाई संक्रमणमा धकेल्नका लागी प्रचण्डलाई अहिले कुन त्यो शक्तिले उत्प्रेरित गरिरहेको छ, समग्र कार्यकर्ताहरुले यसमा अलिकति मथिंगल पनि खर्चनुपर्ने भएको छ । वर्तमान संविधानलाई सिंगो नेपालले अपनाउन सकेको छैन । देशको आधा जनसंख्या हरेक वर्ष संविधान दिवसकै दिन ‘कालो दिवस’ मनाइरहेको छ । हाल सभ्मा रहेको नेकपामै आबद्ध प्रचण्डलगायतका नेताले त्यो जनसंख्याले उठाएका कुरालाई समर्थन जनाउ“दै संविधान संशोधन गर्ने वाचा पटक पटक दोहो¥याएका छन्, पटक÷पटक लिखित सहमती र सम्झौता पनि भएका छन् । आधा जनसंख्याले मागेको र आफैंले पन दिन मञ्जुरी गरेको विषयलाई नेपथ्यमा पारेर एकजना गौतमलाई सत्तामा पु¥याउन कै लागी संविधानकै मर्ममा प्रहार गर्ने हतारो प्रचण्डलगायत नेकपनका नेताहरुलाई किन परिरहेको छ । बुझ्न सकिएन । ति वामदेव गौतममा त्यस्तो के बिशेषता हो जसलाई संसद् बनाउनै पर्ने आबश्यकता पर्न आयो यतिबेला ।

पटक÷पटक आफ्नै गृह क्षेत्रका जनताबाट समेत तिरस्कृत हुँदै आएका वामदेवमा त्यस्तो के विलक्षण प्रतिभा छ कि उहा“लाई राज्यले प्रम हुने बाटो जस्केला छेउमै खोलिदिनुपर्ने हो ? वर्तमान संसद्ले आफ्नो कार्यकालको दुई वर्ष गुजारि सकेको छ । कुनै अर्को दुर्घटना नहुने हो भने आगामी तिन वर्षभित्रै संसद्को अर्को निर्वाचन हुनेछ । बचेको यो तिन वर्ष जनताको घरदैलोमा गएर जनताको मन जित्ने काम गरि निर्वाचनकै माध्यमबाट संसद्मा छिर्ने सजिलो बाटो छँदाछँदै त्यसलाई पन्छाएर चोर बाटो संसद् छिर्ने गौतम नीतिले प्रष्ट पार्छ, उनी जनमतको कदरगर्ने हैसियत नै राख्दैनन् । लोकतन्त्रमा जनमतको कदर गर्न नसक्ने नेताका लागी अवसरको कुनै गुन्जायस नै हुँदैन । देश कै सबैभन्दा ठुलो पार्टी, त्यसमा पनि दुई तिहाइ बहुमतको सरकार समेत चलाउन सफ दलका नेतामा यति सामान्य कुराको विश्लेषण गर्ने सामथ्र्य पनि नदेखिनुले एउटा कुरा त प्रष्ट छ, यो अवसर उनीहरुलाई काकताली परेरै प्राप्त भएको रहेछ ।

संविधान निर्माणमा आफ्नो कौशलता देखाएर कुनै बेला वाहवाही कमाएका, कानुनका ज्ञाताहरु समेत रहेका व्यक्तिसमेत एउटा अपारदर्शी र जाली एजेण्डको बहकाउमा जसोजसो वामदेव उसै उसै स्वाहाको शैलीमा लाग्नुले केही प्रश्नसमेत जन्माएको छ । यात ति नेताहरुका ज्ञानका बारेमा हामी भ्रमित छौं, यदि हैन भने दलको आन्तरिक विवादको कारण बनेको नेकपा भित्रको गुट राजनीतिमा बैरि सा“धने प्रयासका रूपमा संविधानमाथि नै प्रहार गर्ने दुश्प्रयासमा उनीहरु लागेका छन् । फलतः उनीहरुकै प्रयासमा वामदेवलाई जस्केलो कुरेकै भरमा सत्ताको बार्दलीसम्म पु¥याउने प्रयास शुरु गरिएको छ । नेकपाका नेताहरुले बुभ्m्नै पर्ने सत्य केहो भने उनीहरुका यस्ता क्रियाकलापले देशलाई त भडखालोमा हाल्छ नै पार्टी पनि यस्ताखाले दुश्चक्रको शिकार बन्न पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot