Logo

प्रधानमन्त्रीद्वारा केशरमहलको अवलोकन, साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन (फोटोफिचर)



काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको आज अवलोकन गरेका छन् । सो अवसरमा उनले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे । पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा “केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौ” भन्ने लेखेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्