Logo

कान्ति बाल अस्पताल सेवा सुधारको लागि काम गर्छु : नवनियुक्त निर्देशक डा पौडेल



काठमाडौं, १३ फागुन । कान्ति बाल अस्पतालका नवनियुक्त निर्देशक डा कृष्णप्रसाद पौडेलले अस्पतालको सेवा सुधारका लागि काम गर्ने बताएका छन्। हालै पदवहाली गर्दै निर्देशक पौडेलले अस्पतालको गुणस्तरमा कमी आउन नदिने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उनलाई बिहीबार अस्पतालको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा पौडेलले अस्पतालमा सञ्चालित सेवालाई निरन्तरता दिने बताए । उनले थपे,‘अस्पतालको सेवामा सुधार आउने र गुणस्तर बढाउने तरीकाले काम गर्नेछु।’



प्रतिक्रिया दिनुहोस्