Logo

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्न सक्ने



काठमाडौं, फागुन १४ ।पश्चिमी वायुको प्रभावले बुधबारपनि देशका बिभिन्न भागमा मेघ गर्जनसहित हल्का बर्षा भइरहेको छ । अहिेल देशको पूर्वी क्षेत्रमा बर्षा भईरहेको छ भने पश्चिमी आकास बादलले भरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने जनाइएको छ ।

पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको आज केहि सुधार हुन सक्ने जनाइएको छ भने पूर्वि क्षेत्रमा भइरहेको वर्षा र हावाहुरी दिनभर  जसो रहन सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।

पश्चिम र मध्य तराईका एकरदुई स्थानमा ‘साँझसम्म हल्का वर्षाको सम्भवाना रहेको समेत महाशाखाले जनाएको छ । काठमाडौैंमा समेत आज दिनमा पानि पर्ने जनाइएको छ ।अहिले काठमाडौं उपत्यका आसपासको तापक्रम १० डिग्री रहेको महाशाखाले जनाएको छ



प्रतिक्रिया दिनुहोस्