Logo

सरकारविरुद्व आन्दोलन गर्नुपर्ने बेला आयोः कांग्रेस



काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रसहितको परिवर्तनको रक्षाका लागि पार्टीले फेरि एकपटक कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने समय आएको बताएका छन्।

कांग्रेस नेताहरूले सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै लोकतान्त्रिक शासन व्यवस्थाका लागि फेरि लड्नुपर्ने अवस्था आएको दाबी गरेका हुन्।संविधानसभाबाट जारी संविधानको दुरुपयोग गर्दै सरकार मुलुकमा जनवादी केन्द्रीयता स्थापनाको बाटोमा अघि बढेको आरोप लगाउँदै नेताहरूले त्यसकाविरुद्ध अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने अवस्था आएको जनाएका छन्।

सरकारको भ्रष्ट प्रवृति र पछिल्लो कार्यशैलीले लोकतन्त्र र जनताको अधिकार नै कमजोर बनाएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको छ। पिसफुल वातावरण नभएपछि आन्दोलन लड्नै पर्छ। कांग्रेसले लड्ने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ।’ हिंसाबाटमुक्त समाज निर्माण र प्रजातन्त्रका लागि कांग्रेसले कुनै पनि प्रकारको सम्झौता नगर्ने पनि देउवाले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्