Logo

सरकारी अनुदान नपाउँदा किसानले उखु खेती गर्न छाडे



सर्लाही, फागुन १४ । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ ।

उद्योगले हरेक १५÷१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो ।

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५।२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१।६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्