Logo

च्याम्पियन्स लिग : बार्सिलोना र नापोलीले बराबारी खेले, भिडाललाई रातो कार्ड



काठमाडौं, १४ फागुन । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। नकआउट चरण अन्तरगत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना नापोलीसँग बराबरीमा रोकिएको हो। यी दुईले आज विहान भएको खेलमा १-१ को बराबरी खेलेका हुन् ।

खेलको ३० औं मिनेटमा ड्राइज मर्टेन्सले गोल गर्दै इटालियन क्लब नापोलीलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। उसको सो अग्रतालाई एन्टोनी ग्रिजम्यानले ५७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए। उनको यो गोलले नै बार्सिलोनालाई सम्भावित हारबाट जोगायो।

यस खेलमा बार्सिलोना भिडालले खेलको अन्तिम समयमा दोहोरो पहेंलो कार्ड खाएपछि १० खेलाडी मा सिमित भएको थियो। दुबैबीच दोश्रो लेग मार्च १८ मा हुनेछ। खेल अवधिभर बार्सिलोनाको पोसेसन अध्यधिक रहेपनि गोल गर्नबाट भने चुकेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्