Logo

दिल्लीमा धार्मिक दंगा, २० को मृत्यु



एजेन्सी, १४ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ ।

आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित सक्रिय भएका समूहले दंगा मच्चाएका हुन् । दुई समूहबीचको भिडन्तमा २० जना मारिएका हुन् । घटनामा २५० घाइते भएका छन् ।

भारतमा नागरिकतासम्बन्धि विधयेक संसदबाट पारित भएपछि यसको विरोधमा प्रदर्शन भइरहेको छ । समर्थनमा पनि मानिसहरु सडकमा आएका छन् । दुई समूहबीचको भिडन्त भएको हो ।

घटनामा एकजना प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रदर्शनकारीले पेस्तोललगायत आधुनिक हतियारको समेत प्रयोग गर्न थालेका छन् । भिडन्तकारीहरुले पेस्तोलको समेत प्रयोग गर्न थालेपछि मानिसहरु त्रसित भएका छन् । मानिसहरु डरले घर छाड्न थालेका छन् । मस्जिदहरुमा समेत आक्रमण भएको जनाइएको छ ।
धार्मिक दंगाका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ ।-Photo Source: The Pressreader



प्रतिक्रिया दिनुहोस्