Logo

वामदेवका लागि संविधान संशोधन गर्नुपर्ने ? खिमलाल देवकोटा, नेता, नेकपा



काठमाडौं, १४ फागुन ।

बौद्धिक नेताका रुपमा परिचित छन् । नेकपा अध्यक्ष प्रचण्डका विश्वासपात्र उनी कुनै व्यक्ति विशेषको स्वार्थका लागि संविधान संशोधन हुन नहुने पक्षमा छन् । देवकोटासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
वामदेवलाई यो देशको प्रधानमन्त्री बनाउन कत्तिको सम्भव छ ?
संविधान संशोधनको बहस संविधान जारी गरेकै बेलादेखि भएको थियो । त्यो अहिले पनि जारी छ । कतिपय सन्दर्भ जस्तो, मधेसी, महिला, जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक समुदायका सन्दर्भमा यो संविधान अधिकार प्राप्त गर्न सकेन भन्ने बहस चलिरहेका छन् । नेकपाका बैठकमा पनि संविधानका कुरा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने कुरा छन् । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्छ भन्नेलगायतका थुप्रै विषयमा विषयवस्तुहरु उठेका थिए । संविधान ढुंगामा लेखेको अक्षर होइन, संशोधनका बहस बेला–बेलामा उठ्ने गर्दछ । त्यति बेला पनि उठेको हो ।
वामदेव गौतम प्रधानमन्त्री बनाउनका लागि पार्टीभित्र बहस जारी छ नि ?
त्यस्ता कुरा बाहिर पत्रपत्रिकामा व्यापक आए । तर, औपचारिक रुपमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प¥यो भन्ने कुरा पार्टीभित्र कहीं पनि उठेको छैन । लिखित रुपमा पनि कहीं आएको छैन । अनौपचारिक तपाईंले भनेजस्तो बाहिरी हल्लाहरु भएका होलान् ।
माधव नेपालको नेतृत्वमा बनेको कार्यदलको सदस्य त तपाईं पनि हो नि ?
हो, त्यही बनेको भने विषय र अघि तपाईंले भनेको विषयमा कुनै आधिकारिकता पनि छैन । आधिकार पत्र प्राप्त भएको छैन । भनेपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्यो ? त्यसको लागि कार्यदल बनाएको भन्ने विषयको लिखित आधार मैले कहीं देखेको छैन ।
वामदेव गौतमले बैठकमा ‘मलाई राष्ट्रियसभामा लाने कुरा कहाँ पुग्यो ?’ भनेर बताउनुभएको थियो नि ?
हो, तपाईंले ठीक भन्नुभयो । बाहिर आएको चाहिं हो । तर, त्यही कुरा आधारिक रुपमा निर्णय भएको र आधिकारिक रुपमा निर्णय लिइएको औपचारिक पुष्टि कहीबाट पनि भएको छैन । त्यसकारण नेकपाले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान सशोधनको प्रस्ताव ल्यायो र त्यसका निम्ति कार्यदल बनायो भन्नेमै सत्यता छैन ।
त्यसको लागि माधव नेपाल निवास जानुभएको थियो नि ?
हो, हामी गएका थियौं । संविधान संशोधनका कुरा मैले अघिनै भनिसकेको छु । त्यहाँ बेस्सरी उठेको थियो । मधेसवादी राजपा र सामाजवादी पार्टीहरुले संसोधनको माग गरिरहेका छन् । संविधान जारी भएको चार वर्षपछि स्वयं सत्तारुढ पार्टीलाई थुप्रै अप्ठ्याराहरु छन् । यसलाई संसोधन गर्नुपर्छ भन्ने कुरा अनुभवले देखाइसकेको छ । यी कुराका निम्ति संविधान त ढुंगामा लेखिएको अक्षर होइन । संशोधन हुन सक्छ । खाली सत्तारुढ पार्टीभित्र आवश्यक र औचित्य पुष्टि हुने गरी संशोधन हुनुपर्छ भन्ने सन्दर्भमा सचिवालयमा कुरा उठेको भए त्यसको टिओआर हामीलाई चाहियो भनेर छलफल भएको हो ।
छलफलमा माधव नेपालले के भन्नुभयो, कार्यदल बनेको बताउनुभयो कि भएन ?
हो, यसको आधारिक निर्णयका कुरा र कार्यदलका टिओआरका कुरा यी दुवैमा म फेरि सचिवालय, पार्टी हेडक्वाटर र पार्टी अध्यक्षहरुसँग म कुरागर्छु । भनेर फर्किनुभयो, हामी पनि फर्कियौं ।
त्यसोभए कार्यदल बनेको हो तर आधिकारिक पत्र पाउनुभएको छैन ?
कार्यदल बनेको भन्ने कुरा चाहीं ऋषिजीहरु लगायत मिडियाहरुले गरेको हल्ला हो । मिडियाको माध्यमबाट सुनेर त्यही आधारमा बसेको चाहीं साचो हो । आधिकारिक पुष्टि, औपचारिक निर्णय र कार्यादेश अहिलेसम्म भएको छैन । संविधान संशोधन गर्नुपर्छ । त्यसको लागि कार्यदल बनाउनुपर्छ भन्ने एउटा सोच चाहीं भएको हो । सत्तापक्षले कहाँकहाँ कमजोरी छ भनेर अध्ययनका लागि कार्यदल बनाउन चसक्ने कुरा भएन । कार्यदल बनाउने चर्चा भएको तर, आधिकारिक रुपमा पुष्टि भएन । त्यसकारण त्यो विषयलाई चर्चा भएको तर निर्णय नभएको भनेर बुझ्नुपर्छ ।
वामदेव गौतमलाई पार्टीभित्र लानको लागि छलफल भएको त मान्नुहुन्छ नि ?
छलफलका कुराहरु त हुन सक्छन् । त्यसमा सुधारिएको निर्वाचन प्रणालीले पनि भएन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भनेर पनि हुन्छ । त्यस्ता कुरा पार्टीको केन्द्रीय समितिमा बर्गेल्ति नै उठेको हो । सुखी नेपाली र समृद्ध नेपाल पनि यो निर्वाचन प्रणालीले दिँदैन भन्ने पनि छलफल भएको हो । त्यसमा तपाईंले भनेको कुरा पनि उठ्यो होला राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री हुन किन नपाउने ? छिमेकी मुलुक भारतमा पनि राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री भइराखेको छ । नेपालमा चाहीं किन नहुने भन्ने कुरा नयाँ होइन । राष्ट्रियसभालाई दिने कि नदिने भन्ने कुरामा ब्यापक छलफल भएकै हो ।

भारतमा उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्नुहुन्छ । काम चाहीं प्रतिनिधिसभाको डुब्लिकेसन नै हुन्छ । हामीकहाँ डुब्लिकेसन पनि हटाउने भन्ने कुरामा छलफल भएको थियो । तर, राष्ट्रियसभाको प्रतिनिधि प्रधानमन्त्री नहुने भन्नेमा सहमति भएर संविधान जारी भएको हो । त्यति बहस भएको हो अहिले पनि संविधान संशोधन गर्न सकिन्छ कि सकिन्न भन्दा संविधानले चाहीं रोक्दैन । त्यो विषय संसोधनीय हो । तर, अहिले त्यसको औचित्य चाहीं हो कि होइन भनेर बहस उठ्ने गर्छ । व्यक्तिगत कुरामा संविधान संशोधन हुँदैन भन्ने कुरा सबैले बताइरहेको विषय हो । अहिले उठेको प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउने र राष्ट्रिय सभाको सदस्यले प्रधानमन्त्री हुन पाउने विषयमा औचित्य पुष्टि भइसकेको छैन ।
अहिलेको वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिन्छ सकिँदैन ?
कमरेड वामदेव गौतमको बारेमा तपाईंले फेहरिस्त नै बताउनुभयो । त्यसको लागि मेरो पनि समर्थन छ । यो मुलुक राजनीतिलाई यहाँसम्म ल्याउन अरु नेता सरह का नेता उहाँको पनि भूमिका छ । उहाँ जत्तिको नेता राष्ट्रियसभामा आउनुपर्छ भन्ने मेरो पनि मत हो । त्यहाँ आइसकेपछि प्रधानमन्त्री बन्नुहुन्छ कि हुँदैन भन्ने कुरामा आजसम्मको संविधानले राष्ट्रियसभाको सदस्यलाई प्रधानमन्त्री बन्न दिँदैन । त्यो प्रावधान संसोधन हुन्छ कि हुँदैन ? भन्दा हाम्रो संविधानले त्यो प्राबधान पनि संशोधन हुन्छ भन्ने दिएको छ । अब उहाँलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नुपर्ने अथवा उहाँलाई प्रधानमन्त्री नबनाइ नहुने भन्ने इच्छा होला, चर्चा, बहस होला तर त्यसको औचित्य पूष्टि नगर्दाका दिनसम्म पूर्णता प्राप्त गर्दैन । त्यसकारण अहिले चर्चा भयो, यतिले पुग्दैन भन्ने मलाई लाग्छ ।
वामदेवका धेरै धोकोहरु असफल भएका छन्, अहिले राष्ट्रियसभामा जाने चाहना पुरा हुन्छ ?
यो राजनीति हो, यसमा यस्ताखाले प्रयत्न, इच्छा, अपेक्षाहरु हुन सक्छन् । वामदेव कमरेड जत्तिको मान्छे प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने जनमत पनि छ । तर, राजनीतिमा अपेक्षा गरेका कुराहरु कहिले पुरा हुन्छ, कहिले हुँदैन । पुरा हुँदा राम्रो हुने नहुने बित्तिकै ब्याक फायर भयो भन्ने मलाई लाग्दैन । उहाँ जत्तिको मान्छे प्रधान भए हुन्थ्यो भन्ने मेरो पनि इच्छा हो । अहिलेको कानुनले राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री हुन सक्दैन । नभए के गर्नुपर्छ भन्दा संशोधन गर्नुपर्छ भन्ने कुरा होला । त्यो संसोधन गर्नका लागि मत, जनमत, सहमति सबै चाहिन्छ । फेरि औचित्य पनि पुष्टि हुनुपर्छ । अहिलेकै कानुनले राष्ट्रियसभाको सदस्यलाई प्रधानमन्त्री बन्न दिँदैन ।



प्रतिक्रिया दिनुहोस्