Logo

विष्णु पौडेल र पृथ्वी सुब्बाको दबाबमा गोकुलले विजय मिश्र भेटेको खुलासा



काठमाडौं, १४ फागुन । तात्कालिक सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘कमिसन डिलिङ’ गर्दै गरेको भनिएको टेपरेकर्ड सार्वजनिक भएपछि पार्टीका महासचिव विष्णु पौडेल र गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आश्चर्यजनक ढङ्गले मौन भएका छन् ।

प्राप्त जानकारीअनुसार गत वर्ष विजय मिश्र नामक व्यक्तिसँग भेट गर्न गोकुल बाँस्कोटालाई पौडेल र गुरुङले निकै दबाब दिएका थिए । ‘हाम्रै पार्टीका कमरेड हुन्, तपाईंले जसरी भए पनि एकपटक भेट दिनुपऱ्यो’ भनेर पटक–पटक भनेपछि बाँस्कोटाले मिश्रलाई एक वर्षभन्दा अगाडि भेट गरेको बुझिएको छ ।

भेटका क्रममा मिश्रले ‘सेक्युरिटी प्रेस’को कुरा गरेपछि सरकारले सरकारसँग सम्झौता गरेर ९जीटुजी मोडलमा० प्रेस ल्याउने भएकोले यसमा आफूले केही गर्न नसक्ने जवाफ मिश्रलाई गोकुलले दिएका थिए । बिजनेस नपाउने निश्चित भएकै कारण मिश्र गोकुललाई भेट्न त्यसपछि कहिल्यै नगएको र पृथ्वी र विष्णुले पनि त्यसपछि मिश्रको बारेमा कुनै सिफारिस गरेनन् । मिश्रले टेपरेकर्ड सार्वजनिक गरेपछि पनि विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले केही बोलेका छैनन् र उनीहरुले गोकुललाई कुनै सान्त्वनासमेत नदिएको बुझिएको छ ।

गोकुलले गत वर्ष मिश्रलाई बिजनेस दिन सकिने आश्वासन दिएको भए मिश्र र मन्त्री गोकुलबीचको सम्बन्ध प्रगाढ भएर जाने निश्चित हुन सक्थ्यो । एक वर्षअघि एकपटक भेटेपछि दोहोऱ्याएर मन्त्रीलाई कहिल्यै नभेट्नु र झन्डै सवा एक वर्षपछि मन्त्री गोकुलसँगको टेपवार्ता भनेर सार्वजनिक गर्नुले यो प्रकरणलाई रहस्यमयी बनाएको छ ।-घटना र विचार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्