Logo

सरकारमा वामदेवको ईन्ट्री, उपप्रधान तथा गृहमन्त्री !



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा लैजाने निर्णय गरेसँगै उपाध्यक्ष वामदेव गौतम सरकारमा ईन्ट्री हुने निश्चित् भएको छ । सचिवालयको बुधबार विहान बसेको बैठकले सर्वसम्मती रुपमा नेता गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेसँगै उनको सत्तारोहणको सम्भावना बढेको छ ।

यसअघि गौतमले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरि संविधान संशोधनको लागि पार्टी नेतृत्वलाई दबाब दिएका थिए । उनको दबाब थेग्न नसकेर नेतृत्वले पनि संविधान संशोधनको लागि कार्यदल गठन गरेको थियो । तर, कार्यदलकै सदस्यहरु सुवासचन्द्र नेम्बाङ र खिमलाल देवकोटाले व्यक्ति विशेषको लागि संविधान संशोधन गर्नु हल्का विषय भएकोले आफूहरु उक्त प्रयोजनको लागि कार्यदलमा नबस्ने सार्वजनिक रुपमा बोलेपछि कार्यदल नबन्दै तुहिएको थियो ।

नेकपाले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेसँगै उनी सरकारमा जाने निश्चित् भएको छ । गौतममाथि सत्ता बाहिर रहन नसक्ने आरोप लाग्दै आएको छ । यो पटकको उनको राष्ट्रियसभाको यात्रा वर्तमान सरकारमा शक्तिशाली मन्त्रालयको नेतृत्व गर्नेगरि हुन लागेको स्रोतको दाबी छ । नेकपानिकट स्रोतले दिएको जानकारी अनुसार उनलाई उपप्रधान तथा गृहमन्त्री बनाईने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्