Logo

नेकपा प्रवक्ता श्रेष्ठको दाबी : बाँस्कोटामाथि छानबिन भैरहेको छ



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ७० करोड कमिशनको डिल गरेको अडियो प्रकरणमा मुछिएका गोकुलप्रसाद बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेको दाबी गरेका छनु । बुधबार नेकपा सचिवालयको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेकै हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई थियो । उनले भने,‘यो प्रकरणमा सम्बन्धित निकायले छानबिन अगाडि बढाएकै हुनुपर्छ ।’ मुद्दा एकदिनमा हराउने र विलाउने हुन्छ र? जेजति छानबिन गर्ने प्रक्रिया सम्बन्धित निकायले अगाडि बढाएकै होला। कुनै मुद्दा कुनै विषयले अगाडि पर्ने पछाडि पर्ने भन्ने छैन।’ file photo



प्रतिक्रिया दिनुहोस्