Logo

सोनिया गान्धीले मागिन् भारतीय गृहमन्त्री शाहको राजीनामा



एजेन्सी, १४ फागुन। कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले भारतका गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छिन् । दिल्लीमा भएको हिंसामा जिम्मेवार भएको आरोप लगाउँदै राजीनामा दिन माग गरेकी हुन् ।

बुधबार बोल्दै गान्धीले दिल्लीको हिंसामा सरकार जिम्मेवार भएकाले केन्द्रीय गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । तर, सोनियाले अमित शाहको नाम भने लिइनन् । सरकारले घृणा फैलाएको गान्धीको आरोप थियो ।

दिल्लीमा तीन दिनयताको हिंसामा २० जनाको ज्यान जानुका साथै २५० भन्दा बढी घाइते भएपछि पत्रकार सम्मेलनमा गान्धीले भारतीय गृहमन्त्री शाहको राजीनामा मागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्