Logo

एनसेलको ह्याप्पी आवर अन रिचार्ज’ अफर, यस्तो छ विशेषता



फागुन १४, काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले एक सय र त्यो भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी फाइदा लिन सक्नेछन् ।

यो अफर फागुन १५ गतेदेखि लागु हुनेछ । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागि गराउन सक्छन् । यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । ग्राहकहरुले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको
लाभ ७ दिनका लागि पाउनेछन् ।

रु २००, रु ३०० र रु ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् । यसैगरी ग्राहकहरुले रु १,००० रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्