Logo

प्रधानमन्त्री ओलीको सम्पत्ति छानबिन गर्न बाबुरामको माग, उठाए गम्भिर प्रश्न



काठमाडौं, १४ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति कसरी यति छिट्टै वृद्धि भयो ? भन्दै छानबिनको माग गरेका छन् । त्यतिमात्रै होईन, उनले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पनि माग गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष डा.भट्टराईले यस्तो माग गरेका हुन् ।उनले उनले भने,‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’ अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने भट्टराईको दाबी छ ।

उनले भने,”म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे। मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छ ।”

त्यतिमात्रै होईन, प्रधानमन्त्री ओलीसँग नाम जोडेर चर्चामा रहेको यति होल्डिङसको पनि प्रसंग उठाए । उनले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न गरे। उनले थपे,‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने हो?’ file photo



प्रतिक्रिया दिनुहोस्