Logo

नेहा कक्कडको प्रतिगीत कमाई ८ लाख



नेहा कक्कड अहिलेकी जल्दोबल्दो गायिका हुन् उनको समधुर स्वर सुनेर जोकोही मन्त्रमुग्ध हुन्छ । नेहा अहिले इन्डियन आइडलमा जर्जको रुपमा काम गरिरहेकी छिन् । उनले गाएको धेरै गीतहरु दर्शकहरुले निकै रुचाएका छन् । उनका गीतहरु भारतमा मात्र नभई अन्य देशमा पनि प्रसिद्ध भएका छन् ।

नेहाले ‘काला चश्मा’ र ‘तु चीज बडी है’ गीत गाउँदा प्रति गीत ८ लाख भारतीय रुपियाँ पारिश्रमिक लिएकी थिइन् । यति धेरै हिट गीत गाउँदा उनको पारिश्रमिक झन् धेरै बढेको छ । नेहा इन्डियन आइडल सिजन २ मा प्रतिस्पर्धी थिइन् । धेरै इन्डियन आइडल हराएपनि उनी भने गायन क्षेत्रमा छाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्