Logo

यूरोपमा फैलियो कोरोना भाइरस, एक फ्रान्सेलीको मृत्यु



एजेन्सी, १४ फागुन । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक व्यक्तिको मृत्यु भएको छ । फ्रान्स सरकारले यसको पुष्टि गरेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण यूरोपमा पनि बढेको छ । इटालीमा पनि कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको छ ।

सँसारभर कोरोना भाइरसबाट २७ सय मानिसको ज्यान गइसकेको छ । ८० हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । कोरोना भाइरसका कारण चीनमात्र नभई विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।



प्रतिक्रिया दिनुहोस्