Logo

आफूमाथि लागेको आरोपको देउवाले गरे यस्तो खण्डन (विज्ञप्तीसहित)



काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आफू प्रधानमन्त्री हुँदाको कुनै पनि मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको जग्गा भाडामा लगाउने निर्णय नगरेको स्पष्ट पारेका छन् । आज (बुधबार) विज्ञप्ति जारी गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारको सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरण लगायत गम्भीर अनियमितताका प्रकरणबाट ध्यान मोड्न आफ्नो नाम अनाश्यक रुपमा ल्याएको उल्टै गम्भिर आरोप लगाएका हुन् ।

उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन, मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने वा गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ :

 



प्रतिक्रिया दिनुहोस्